English

स्याङ्जाका किसानले ५७ करोडको सुन्तला बेचे



स्याङ्जा । सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जामा यसवर्ष रु ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ। गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको भएपनि बजार मूल्य राम्रो पाएकाले सो मूल्य बराबरका सुन्तला बिक्री भएको हो।

जिल्लामा यसवर्ष १३ हजार ८४० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ। उत्पादित सुन्तालामध्ये २५ प्रतिशत अर्थात् तीन हजार ४६० मेट्रिक टन किसान/व्यवसायी आफैंले उपभोग गरेको र बाँकी १० हजार ३८० मेट्रिक टन अर्थात् ७५ प्रतिशत बिक्री गर्दा उक्त आम्दानी भएको केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए।

जिल्लामा कूल एक हजार ९६९ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ। तीमध्ये एक हजार ३८० हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेती गरिएको केन्द्रले जनाएको छ।

‘यसवर्ष कूल रु ७६ करोड १२ लाख मूल्य बराबरको सुन्तला फलेको थियो’, प्रमुख हमालले भने, ‘उत्पादनको २५ प्रतिशत अर्थात् रु १९ करोड तीन लाख मूल्य बराबरको सुन्तला किसान तथा व्यवसायी आफैंंले उपभोग गरेको देखिन्छ भने बाँकी ७५ प्रतिशत अर्थात् रु ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको हो ।’

उनका अनुसार जिल्लाभित्रैका स्थानीय बजारमा २० प्रतिशत अर्थात् दुई हजार ७६ मेट्रिक टन बिक्री हुँदा कूल रु ११ करोड ४१ लाख ८० हजार आम्दानी भएको छ।

त्यस्तै जिल्लाबाहिर ८० प्रतिशत सुन्तला अर्थात् आठ हजार ३०४ मेट्रिक टन बिक्री हुँदा रु ४५ करोड ६७ लाख २० हजार आम्दानी भएको छ। यसवर्ष किसानले प्रतिकिलो थोक मूल्य रु ५० र खुद्रा मूल्य रु ८० मा बिक्री गरेका छन्।

गतवर्ष स्याङ्जामा कूल एक हजार ६५५ हेक्टर क्षेत्रफलमध्ये कूल एक हजार १६० हेक्टर क्षेत्रफलमा सुन्ताला खेती गरिएको थियो। सो खेतीबाट १७ हजार ६३२ टन सुन्तला उत्पादन भएको थियो।

यस वर्षभन्दा गतवर्ष सुन्तला उत्पादन धेरै भए पनि उचित बजार मूल्य नपाउनु र मूल्य थोरै भएका कारण किसानले बिक्रीको मात्रा घटाएर कोसेलीकारुपमा प्रयोग गरेको पाइएको प्रमुख हमालले बताए।

‘यसवर्ष मूल्य पनि बढी भएकाले किसानले कोसेलीभन्दा बिक्रीतर्फ बढी जोड दिएको देखियो’, उनले भने, ‘उत्पादन कम हुँदाहुँदै पनि बिक्रीलाई बढी जोड दिएकै कारण आम्दानीमा बृद्धि भएको हो।’

गतवर्ष जिल्लामा रु ७९ करोड ३४ लाख ४० हजार मूल्य बराबरको उत्पादन भए पनि जम्मा रु ५५ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो। यहाँका किसानले गतवर्ष प्रतिकिलो थोक मूल्य रु ४५ र खुद्रा मूल्य रु ७५ मा सुन्तला बिक्री गरेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested