English

एनआरएनएले फेर्यो निर्णय



गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न गठित समितिका संयोजक शेष घलेको दवावमा संघको केन्द्रीय समितिले गरेका निर्णय परिवर्तन भएका छन् । विवाद समाधान गर्न उच्चस्तरिय समिति बनेको करिब चार दिनपछि शेष घलेले केन्द्रीय समितिले गरेका निर्णयका बुँदामध्ये दुईवटा हेरफेर गर्न अध्यक्ष कुमार पन्तलाई दबाब दिएका हुन् ।

गत शनिबार संघको केन्द्रीय समितिले गरेका निर्णयमध्ये दुई बुँदा एनआरएनए जापानको विवादको जाँचबुझ गर्ने जिम्मेवारीमा रहेका पूर्वअध्यक्ष भवन भट्टको नाम झिकेर त्यसको ठाउँमा हाल निर्मित समितिलाई नै दिनुपर्ने माग घलेले गरेका थिए । पूर्व अध्यक्ष भवन भट्ट जापानमै रहेकाले जापानको समस्या हेर्न भट्टलाईनै दिनु उचित हुने निर्णय आइसिसी बैठकले गरेको थियो ।

उच्चस्तरिय समितिका संयोजक शेष घलेले ‘२६ तारिखसम्म उच्चस्तरीय समितिले प्रतिनिधि छनोटको विवाद समाधान गरेर तयार पारेको सूची २६ फेब्रुअरीसम्म नदिएमा अध्यक्षले उचित वा आवश्यक कदम चाल्ने’ भन्ने बुँदालाई हटाउन माग गरेका थिए ।

त्यस्तै, एनआरएनए आइसीसी बैठकले हालको उच्चस्तरीय समितिले प्रतिनिधि विवादको समस्या सल्टाएर २६ फेब्रुअरीसम्म दिनुपर्ने र यदि २६ जनवरीसम्म नदिएमा ‘अध्यक्षले उचित कदम चाल्ने’ उल्लेख थियो ।

उच्चस्तरिय समितिका संयोजक शेष घलेले ‘२६ तारिखसम्म उच्चस्तरीय समितिले प्रतिनिधि छनोटको विवाद समाधान गरेर तयार पारेको सूची २६ फेब्रुअरीसम्म नदिएमा अध्यक्षले उचित वा आवश्यक कदम चाल्ने’ भन्ने बुँदालाई हटाउन माग गरेका थिए ।

सुरुमा शेष घलेले उक्त बुँदा हटाउन अध्यक्ष कुमार पन्तमार्फत संघका केन्द्रीय महासचिव डा. हेमराज शर्मासँग माग गरेका थिए । शर्माले ‘आइसिसीको बैठकले तयार पारेको माइन्युट कसरि मैले हटाउन सक्छु ? केन्द्रीय समितिको बैठकले तयार पारेको माइन्युटलाई कसैले पनि हेरफेर गर्ने, हटाउने, बदल्ने अधिकार, आधिकारिकता नै राख्दैन’ भन्ने जवाफ कुमार पन्तलाई दिएका थिए ।

यो पनि…
सम्पादकीय : एनआरएनएमाथि बुल्डोजर चलाउन बन्द गर सरकार

एनआरएन युकेको सक्रियतामा ४२८ अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुग्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested