English

बिहिबार नेप्सेमा हरियाली



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ। पछिल्लो दुई कारोबार दिनदेखि ओरालो लागेको नेप्से, आज भने बढेर बन्द भएको हो।

आज नेप्से परिसूचक ३३.०३ अंक बढेर २९३१.३४ विन्दुमा पुगेको छ। कारोबारमा आएका २२९ कम्पनीमध्ये १७९ कम्पनीको शेयरमूल्य बढेसँगै नेप्सेले यस दिन सो बराबरको अंक कमाएको हो।

त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.०९ अंक, फ्लोट इण्डेक्स २.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ। आज २२९ कम्पनीको ७५ हजार ५८२ पटकको कारोबारमा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपियाँ बराबरको १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मैलुङ्ग खोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको हो। त्यसैगरी, आज न्यादी हाइड्रोपावरको सेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ।

बिहीबार १३ उपसमूहको परिसूचकमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको परिसूचक ३.०४ प्रतिशत बढेको छ भने, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। आज बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेका छन्।

कारोबार रकमका आधारमा आज आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २२ करोड २० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसैगरी, अपि पावरको १८ करोड र शिखर इन्स्योरेन्सको साढे १७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यो पनि
पेट्रोल, डिजेल र मट्टीतेलको बढेको मूल्य कति ?
यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested