English

हिरो इलेक्ट्रिक स्कुटरको चार मोडल नेपालमा



हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटी प्रालिले इलेक्ट्रिक स्कुटर बिक्रीमा ल्याएको छ । भारतमा उत्पादित चार मोडलका स्कुटर बिक्री शुरू गरेको हो ।

नेपाली बजारमा हिरोको इलेक्ट्रिक स्कुटर पहिलोपटक बिक्री गरिने कम्पनीको दाबी छ । एनवाईएक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् ।

यी स्कुटरहरूले एकपटक फुल चार्ज गरेपछि ८२ किलोमिटरदेखि १ सय ६५ किलोमिटर सम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।
भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । आगामी दिनमा अन्य मोडल समेत क्रमशः उपलब्ध गराउँदै ल्याउने योजना रहेको जानकारी कम्पनीले गराएको छ ।

काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत यी स्कुटर बिक्री भइरहेको जनाइएको छ ।

यो पनि…
महाविर पुनको आविष्कार केन्द्रलाई टेल्जीको स्कुटर उपहार
आयो ब्लुटुथ कनेक्ट स्कुटर- ‘टिभीएस एनटर्क १२५’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested