English

पीएम कपमा एपीएफलाई उपाधि, पुलिसलाई तीन लाख



विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा बुधबार टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १५८ रनको विजय लक्ष्य पछ्याउने क्रममा पुलिस निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रनमा समेटिएको थियो ।

दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे पनि पुलिसले फाइनलसम्म आफ्नो अपराजित यात्रा कायम राख्न सकेन । पुलिसका लागि दीपेन्द्रले सर्वाधिक ६५ रन बनाए । यस्तै दिलीप नाथले २३ बनाउँदा अनिल शाह १० रन र आरिफ शेखले १२ बनाए ।

एपीएफका किशोर महत्तोले सर्वाधिक तीन विकेट लिए । यस्तै अविनास बोहरा, अमर रौटेला र दिपक बोहाराले समान १ विकेट लिए ।

यसअघि एपीएफले निर्धारित २० ओभरमा एक बल बाँकी रहदा सबै विकेट विकेट गुमाएर १५८ रनको योगफल तयार पार्‍यो ।

एपीएपका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ रनको योगदान गरे । यस्तै लोकेश बमले २७ रन बनाउँदा सन्दीप जोराले २४, भुवन कार्कीले २७ रनको योगदान गरे ।

पुलिसको वलिङमा दिपेन्द्र सिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । यस्तै, गुलसन झाले दुई विकेट लिए भने, योगेन्द्र सिंह कार्की र आरिफ शेखले एक एक विकेट लिए ।

दुवै टोलीले यसअघिका सबै खेलमा अपराजित रँहदै फाइनल यात्रा तय गरेका थिए । १६ पुसदेखि सुरु भएको प्रतियोगितामा समुह‘ए’ र ‘बी’मा तीन विभागीय र सात प्रदेश गरेर १० टोलीको सहभागिता थियो ।

प्रतियोगिताको विजेता टोली एपीएफले पाँच लाख र उपविजेता पुलिसले तीन लाख प्राप्त गर्यो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested