English

विश्वको पर्यटन पहिलेकै अवस्थामा फर्किन अझै दुई वर्ष लाग्छः राष्ट्रसंघ



विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन संगठनले जनाएको छ । राष्ट्रसंघीय विश्व पर्यटन ब्यारोमिटरका अनुसार छिट्टै सर्ने ओमिक्रोन भेरियन्टका कारण पर्यटनका गतिविधि पहिल्यैको अवस्थामा फर्किन कम्तिमा दुई वर्ष लाग्ने जनाएको हो ।

सन् २०२० मा पर्यटनबाट प्राप्त हुने राजस्व पहिलेको वर्षको तुलनामा ७२ प्रतिशतले कटौती भएको थियो । कोभिड महामारीको सुरुवातसँगै विश्वको पर्यटन गतिविधि ठप्प रहेको थियो ।

‘महामारीका कारण विभिन्न यात्रा प्रतिबन्ध, लकडाउन, विकासन्मुख देशमा खोप पहुँचमा ढिलाई र यात्रुहरुमा घट्दो आत्मविश्वासका कारण पर्यटन गतिविधि विश्वव्यापी रुपमा नै सुस्त छ,’ युएनडब्लूटीओले एक प्रेस विज्ञप्तिमा भनेको छ ।

तर, सन् २०२१ को अन्ततिर भने पर्यटकहरुको चहलपहल तुलनात्मक रुपमा केही बढेको छ । गत वर्ष युरोप र अमेरिकामा क्रमशः १९ र १७ प्रतिशतले पर्यटक बढेका थिए । तर, मध्यपूर्वमा भने २४ प्रतिशतले घटेका थिए । एसिया प्रसान्त क्षेत्रमा सन् २०२० मा ६५ प्रतिशतले घटेको छ ।

यो पनि
इतिहासमा आज : अमेरिकाले किनेको डेनमार्कदेखि जापानको भूकम्पसम्म
ज्वालामुखीपछि जापान र अमेरिकामा सुनामीको चेतावनी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested