English

‘मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स’ कोर्स सुरु गर्दै कुसोम



काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले ‘मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स’ कोर्सको अध्यापन गर्ने भएको छ । अर्थशास्त्रमा खोज र अनुसन्धानकर्ता उत्पादन गर्ने उद्धेश्यले यो कोर्स अध्यापनमा ल्याएको बताइएको छ ।

देशको अर्थतन्त्र ब्यवस्थापनका लागि इकोनोमिक्सका विज्ञ आवश्यक परेकाले नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको नयाँ कार्यक्रम ल्याएको कुसोमका अच्युत वाग्लेले बताए । ‘मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स विषयको अध्ययनले व्यवस्थापन र अर्थशास्त्रलाई सँगसँगै प्रयोग गर्न सकिन्छ,’ वाग्लेले भने, ‘देशको अर्थतन्त्रलाई व्यवस्थापनका लागि जनशक्ति यहीँबाट उत्पादन हुन्छ ।’

व्यवासायी र अर्थशास्त्रीबीचको अन्तरलाई कम गर्ने उद्धेश्यले यो कार्यक्रम ल्याएको कुसोमका डिन प्रा. डा. देवीप्रसाद विडारीले बताए । अर्थतन्त्रमा विश्लेषणत्मक अध्ययन गर्नेहरुको लागि यो विषय अवसर बनेको विडारीले जनाए ।

केयुबाट इकोनोमिक, व्यवस्थापन, साइन्स, इन्जेनिरीङ विषयमा स्नातक तह अध्ययन पुरा गरेको नेपाली र अन्य राष्ट्रका नागरिकले अध्ययन गर्न सक्ने छन् । भर्ना हुनाका लागि स्नातक तहमा कम्तिमा २.० जिपिए हुनु पर्ने छ । यो कोर्स दुई वर्ष अर्थात ४ सेमेस्टरको छ । विद्यार्थीले ८० प्रतिशत हाजिरी पर्याउनुपर्ने र साढे पाँच लाख रुपियाँ खर्च लाग्ने कुसोम कलेजले जनाएको छ ।

यो पनि…
विद्यार्थीले कागजीरूपमा धेरै पाए, तर व्यवहारमा भएन लागू
शौचालय र पानीको अभावले विद्यार्थी जंगलतिर




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती