English

मोची राम धियानको जुत्ता टिकाउने ८ टिप्स ?



राम्रा छालाका जुत्तालाई खासै धेरै हेरचाह गर्नुपर्दैन । तर पनि आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर थोरै मात्र ध्यान दिने हो भने छालाका जुत्ताको चमक त बढ्छ नै, साथै यसको टिकाउपन पनि बढ्ने मोची राम धियान बताउँछन् ।

काठमाडौं, चावहिल चोकको फुटपाथमा छालाका जुत्ता टल्काउँछन्, सर्लाही मलङ्गवाका राम धियान । उनी सर्लाहीबाट काठमाडौ आएर यो पेशामा आबद्ध भएको डेढ दशकभन्दा बढी भयो । उनको अनुभवमा छालाका जुत्ताको हेरचाह गर्न धेरै तरिकाहरू अपनाउन सकिन्छ । उनले सुझाएका तरिकाहरू यस्ता छन् ।

मोइस्चरबाट बचाउने

छालाका जुत्तालाई मोइस्चरबाट टाढै राख्नुपर्छ । मोइस्चरका कारण विभिन्न ब्याक्टेरियाहरूको विकास हुन्छ, यसले जुत्ताको मटेरियल बिग्रिन सक्छ । जुत्तालाई मोइस्चर र ब्याक्टेरियाबाट टाढै राख्न ‘सिलिका पाउच’ वा ‘जेल’को प्रयोग गर्न सकिन्छ । अथवा, जुत्ताभित्र कागज वा पत्रिका हालेर राख्न पनि सकिन्छ ।

धुलोबाट जोगाउने

दैनिक छालाको जुत्ता प्रयोग गर्दा सडकको धुलो नपर्ने त चान्स नै हुँदैन । यसले छालाको जुत्ताको प्राकृतिक रङ हराउँदै जान्छ । त्यसैले नियमित पालिस गरी जुत्ताको धुलो सफा गरिरहनु पर्छ । साथै, केही दिनका लागि जुत्ता प्रयोग नगर्ने हो भने धुलोबाट जोगाउन दराजभित्र राख्नुपर्छ ।

‘सु ट्रि’ को प्रयोग गर्नुहोस्

बर्षौसम्म पनि जुत्ताको पहिलाकै जस्तै आकार र टेक्सचर कायम राख्न ‘सु ट्रि’ को प्रयोग गर्नुहोस । बजारमा उपलब्ध धुपीको काठको ‘सु ट्रि’ को प्रयोग गर्ने हो भने आकार र टेक्सचर त कायम हुने नै भयो, साथै सो काठले जुत्ताको मोइस्चर पनि सोस्न मद्धत गर्छ ।

घामबाट बचाउनु होस्

प्रत्यक्ष घामले छालाको जुत्ता सुख्खा, दरो हुने र चाउरी पर्ने जस्ता समस्या देखा पर्छन् । त्यसैले, छालाको जुत्ताको लामो आयुको लागि नियन्त्रित वातावरणमा राख्ने गर्नुपर्छ ।

प्लास्टिकको सु बक्सको प्रयोग नगर्नुहोस्

जुत्तामा उचित वायु सञ्चालन हुनुपर्ने हुँदा प्यास्टिकको बक्सको प्रयोग गर्नु हुँदैन । अझ कार्ड बोर्ड बक्स पनि प्रयोग नगर्दा नै राम्रो । जुत्तालाई राम्रो वायु सञ्चालन हुन दिन ‘फ्याब्रिक’ वा कपडाको झलो प्रयोग गर्न सकिन्छ ।

‘पालिस’ र ‘साइनर’को प्रयोग

‘पालिस’ र ‘साइनर’ भनेको छालाको जुत्ताको आहार नै हो । यसको प्रयोगले जुत्ताको आकर्षण र नयाँपन कायम रहन्छ । साथै पालिस र साइनरको नियमित प्रयोगले जुत्ताको लामो आयु, साइन र ‘टेक्सचर’ पनि कायम रहन्छ ।

जुत्ताको तलुवा (सोल) सफा राख्ने

सोल भनेको जुत्ताको जग हो । जग बलियो भए मात्र माथिल्लो भागको शान आउँछ । त्यसैले, जुत्ताको सोलको पनि नियमित सरसफाई गर्नुपर्छ । जुत्ताको तलुवा एकापसमा ठोकेर फोहोर झार्न सकिन्छ । यसको साँघुरो कुनामा रहेका फोहोरलाई भने ब्रसको प्रयोग गरी सफा गर्न सकिन्छ ।

क्रिमको प्रयोग

सु क्रिम प्रयोग गरी छालाको जुत्ताको कायाकल्प गर्न सकिन्छ । जुत्ताको कायाकल्प गर्न नरम कपडाले सु क्रिम लगाएर एक रात रहन दिने र भोलिपल्ट मात्र सो जुत्ताको प्रयोग गर्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested