English

इतिहासमा आज : इराकविरुद्ध अमेरिकी युद्धदेखि हाइटीको विनाशकारी भूकम्प



आज १२ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाहरू

 हाइटीको विनाशकारी भूकम्प
सन् २०१० मा हाइटीमा विनाशकारी भूकम्प गएको थियो । ७ दशमलव म्याग्निच्युडको सो भूकम्पका कारण राजधानी पोर्ट अउ प्रिन्स ध्वस्त भएको थियो । भूकम्पका कारण दुई लाख जनाको मृत्यु हुनुका साथै १० लाख मानिस विस्थापित भएका थिए । भूकम्पपछि भत्किएका संरचना निर्माणका लागि हाइटीलाई दातृराष्ट्रले करोडौं डलर सहयोग गरेका थिए ।

इराकविरुद्ध अमेरिकी युद्ध
सन् १९९१ मा इराकविरुद्ध युद्ध गर्ने विषयमा अमेरिकामा बहुमत सदस्यले मतदान गरेका थिए । कुवेतबाट इराकी सेनालाई खेद्न र सैन्य फौज तैनाथ गर्न तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसलाई संसदले विशेष अधिकार दिएको थियो ।

आइफेल टावरबाट रेडियो प्रसारण
आजकै दिन अर्थात् सन् १९०८ को १२ जनवरीमा पेरिसको आइफेल टावरबाट पहिलोपटक लामो दूरीको रेडियो सन्देश प्रसारण भएको थियो । वैज्ञानिक ली डी फरेस्टले गरेको सो प्रसारणलाई ५० भन्दा बढी श्रोताले सुनेका थिए ।

जेफ बेजोसको जन्म  दिन
विद्युतीय कारोवार गर्ने प्रसिद्ध कम्पनी अमेजन डटकमका मालिक, अमेरिकी उद्यमी तथा विश्वकै धनाढ्य जेफ बेजोसको जन्म पनि आज अर्थात सन् १९६४ को १२ जनवरीमा परेको छ ।

यो पनि

विश्व इतिहासमा आज : पेरुमा विध्वशंकारी पहिरोदेखि एडमन्ड हिलारीको निधनसम्म

विश्व इतिहासमा आज : पाराग्वेको आन्दोलनदेखि सौर्य मण्डलमा सानो ग्रह फेला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested