English

महाभारतका ३० प्रमुख घटना, यस्तो छ रोचक पाटो !



महाभारत हजारौँ घटनाको संग्रह हो । तर यसमा केहि यस्ता घटना पनि छन्, जो जनमानसमा प्रचलित छन् ।

यी हुन् प्रमुख ३० घटना

१.भीष्म पितामहद्वारा भीष्म प्रतिज्ञा लिनु ।

२. राजा पाण्डू र रानी माद्रीको वनमा निधन, हस्तिानापुरमा कुन्तीको प्रवेश ।

३. द्रोणाचार्यद्वारा कौरव र पाण्डवलाई शिक्षा प्रदान ।

४. दुर्योधनद्वारा भीमलाई बिष दिएर नदीमा फाल्नु ।

५. दुर्योधनद्वारा पाण्डव मार्ने योजनाको रुपमा लाक्षागृह बनाउनु र पाण्डव त्यहाँबाट भाग्नु ।

६. वनमा भीमद्वारा हिडम्बासँग विवाह गर्नु ।

७. द्रौपदी स्वयंवर प्रसंग ।

८. इन्द्रप्रस्थको निर्माण र द्रौपदी दुर्योधनलाई भन्छिन्, अन्धोको छोरो अन्धो ।

९. पाण्डवले जुवा खेल्नु र द्रौपदीको चीरहरण ।

१०. पाण्डव वनवास जानु, भीमले हनुमानलाई भेट्नु र अर्जुनले उर्वशीलाई भेट्नु ।

११. पाण्डवद्वारा विराटनगरमा अञातवास बिताउनु ।

१२. पाण्डवद्वारा इन्द्रप्रस्थको मागलाई दुर्योधनले नकार्नु ।

१३. श्रीकृष्णद्वारा पाण्डवको तर्फबाट शान्ति प्रस्ताव राख्नु र पाँच गाउँ माग्नु ।

१४. वेदव्यासद्वारा धृतराष्ट्रलाई सम्झाउनु र युद्ध रोक भन्नु ।

१५. कुरुक्षेत्रमा पाण्डवद्वारा दुर्गा पूजन गर्नु ।

१६. कुरुक्षेत्रमा श्रीकृष्णद्वारा गीता ज्ञान दिनु ।

१७. घटोत्कचको वध ।

१८. अर्जुनद्वारा भीष्मलाई वाणशैय्यामा सुताउनु

१९. जयद्रथको वध गर्नु ।

२०. धृष्टधुम्नद्वारा द्रोणाचार्यको वध गर्नु ।

२१. कर्णको वध ।

२२. भीम र दुर्योधनको गधा युघ, दुर्योधनको वध ।

२३. गान्धारीद्वारा श्रीकृष्णलाई श्राप ।

२४. अश्वत्थामाद्वारा द्रौपदीका पाँच पुत्रको वध ।

२५. अश्वत्थामाद्वारा व्रह्मास्त्र सन्धान गर्नु, श्रीकृष्णद्वारा अश्वत्थामालाई श्राप दिनु ।

२६. यदुवंशको नाश ।

२७. धृतराष्ट्र, कुन्ती आदिको वनमा निधन ।

२८. पाण्डवको स्वर्गारोहण ।

२९. परीक्षितलाई श्रापका कारण सर्पद्वारा डस्नु, र जनमेजयको नागयज्ञ ।

३०. यो बाहेक महाभारतमा भीमद्वारा जरासन्धको वध, श्रीकृष्णद्वारा बर्बरीकको टाउको माग्नु आदि घटनाक्रम छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested