English

सेवामा खोप कार्ड अनिवार्य, २५ जनाभन्दा बढी भेला नहुन गृहको निर्देशन



कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहँदा गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने निर्णय गरेको छ । निर्णय कार्यान्वयका लागि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले आइतबार गरेका सिफारिसहरु कार्यान्वयन गर्न गृहले निर्देशन दिएको हो ।

गृह मन्त्रालयले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्न भनेको छ । गृहले सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्न निर्देशन दिएको छ ।

सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड साथमा राख्ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउन निर्देशन जारी गरेको छ । मन्त्रालयले माघ ७ गतेदेखि उक्त व्यवस्था लागू गर्न भनिएको छ ।

त्यसैगरी, नेपाल प्रवेश बिन्दुमा एन्टिजेन परीक्षणलाई थप प्रभावकारी बनाउने र संक्रमितलाई तत्काल आइसोलेसनमा राख्न सम्बन्धित जिल्लाका कोभिड–१९ संकट व्यवस्थपान केन्द्र (डिसीसीएमसी)लाई समेत निर्देशन दिएको छ ।

साथै, सार्वजनिक स्थानमा निःशुल्क ऐन्टिजेन टेस्ट बुथहरु स्थापना गर्न र खोपलाई निरन्तरता दिन आवश्यक सहजिकरण गर्न समेत भनिएको छ ।

यस्तो छ मन्त्रालयको निर्णय:

यो पनि

नेपालमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, एकैदिन थपिए १४४६ संक्रमित

नेपालमा कोरोनाको अर्को लहर, के छ सरकारको तयारी ?



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested