English

हिउँमाथि परीक्षा !



अघिल्लो साता अप्रत्यासित रुपमा हिउँ पर्यो । पूर्वसूचना थिएन । अन्य बेला हिउँ नपर्ने ठाउँमा समेत हिमपात भयो । अहिले पनि मौसम खुलिसकेको छैन । उत्तरी गोरखा पूरै हिमालसँग जोडिएको छ । सामान्य मौसम फेरबदलमै यहाँ हिमपात हुन्छ । केही दिनअघि एउटा तस्बिर सार्वजनिक भएको थियो जहाँ हिउँमाथि टेबुल कुर्सी राखेर विद्यार्थीले परीक्षा दिँदै गरेका थिए ।

यो तस्बिर गोरखाको चुमनुब्री गाउँपालिका-४ गापस्थित नुब्री आधारभूत विद्यालयको प्रथम त्रैमासिक परीक्षाको थियो । एक्कासी हिमपात भयो, शिक्षकहरूले पूर्वनिर्धारित परीक्षा रोक्न सकेनन् । कक्षाकोठामा राखेर परीक्षा दिन नसक्ने अवस्था नभएपछि विद्यार्थीलाई बाहिर राखेर परीक्षा दिन लगाइयो । टेबुलकुर्ची हिउँमाथि राखिएको थियो, त्यहीँबाट विद्यार्थीले परीक्षा दिए । १ देखि ८ कक्षासम्म पढाई हुने उक्त स्कुलका ९० बालबालिकाले हिउँमाथि बसेर परीक्षा दिए । पहिलो र दोस्रो सिफ्ट गरेर परीक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गणेश ढकालले जानकारी दिए ।

‘परीक्षा सुरू भएपछि हिउँ पर्न थाल्यो । भित्र राख्दा झनै जाडो हुने भएपछि बाहिर राखेर परीक्षा दिन लगाएका हौं,’ उनले भने, ‘हतार गरेर परीक्षा सक्यौं । स्कुल बन्द गरेर हामी चाहीँ बेँशी झरेका छौं, विद्यार्थी घरतिरै छन् ।’ गाउँपालिका र वडाको मौखिक निर्देशनपछि एक महिनाका लागि विद्यालय बन्द गरेको र एक महिनापछि सोही भवनमा स्कुल सन्चालन गरिने ढकालले बताए ।

चुमनुब्रीमा एउटा मात्रै घुम्ती विद्यालय छ । मनाङ र मुस्ताङका विद्यालयले पोखरा, लमजुङ, काठमाडौंलगायत ठाउँमा घुम्ती पढाइ चलाउँछन् । तर, गोरखामा त्यो व्यवस्था नभएकोले समस्या परेको उनले बताए । ‘घुम्ती स्कूल भए सजिलो हुन्थ्यो । हाम्रो तिर सरकारले त्यो सुविधा दिएको छैन,’ उनले भने, ‘आफै गरौं भने स्राते पुग्दैन । विद्यार्थीलाई यसरी गाह्रो हुन्छ ।’ उत्तरी गोरखा भौगोलिक रुपमा विकट र चेतनास्तरमा पनि कमजोर छ । सरकारले आवासीय विद्यालयको अवधारणा ल्याए पनि कार्यान्वयन राम्रो छैन ।

यो पनि…
आलुले पनि बनाउँछ आत्मनिर्भर
तेजाब आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

Latest










Popular
Suggested