English

यस्ताे बन्दैछ २२ तल्ले धरहरा



धरहरा पुनर्निर्माणको काम सुरु भएको करिब २१ महिना भयो । यो अवधिसम्म धरहराको ५० प्रतिशतसम्म पुनर्निर्माणको काम सम्पन्न भएको छ । ४२ रोपनी क्षेत्रफलमा बनिरहेको धरहराको दोश्रो पटकको समय सीमा सकिन मात्र तीन महिना छ । अर्थात् असार ३० गतेबाट दोश्रो पटक थपिएको समय सकिन्छ । यो अवधिमा बाँकी ५० प्रतिशत काम कसरी सकिएला ? बितेका २१ महिनाको काम हेर्दा यो असम्भव छ । तर धरहराको बाँकी काम पूर्ण रुपमा सक्नको लागि अझै १६ महिनाको समय माग गरिएको बताउँछन्, जीआईईटिसी–रमण जेभीका प्रोजेक्ट म्यानेजर तथा इन्जिनियर श्यामचन्द्र श्रेष्ठ ।


पुनर्निर्माण भइरहेको धरहरा विगतको भन्दा युनिक बन्दै छ । बाहिरबाट हेर्दा १८८२ सालको झल्को दिने गरी ११ तला नै देखिएपनि वास्तविक उचाई भने २२ तलाको हुनेछ । तर स्वरूप भने पहिलेकै जस्तो हुनेछ । जसमा गोलाकर झ्यालहरू राखिने छ । बाइस तलाको धरहरा वृद्धवृद्धा, अशक्त र बालबालिकामैत्री बन्दैछ, जसका लागि अबको धरहरामा भर्‍याङ मात्र होइन, २ वटा लिफ्ट पनि हुनेछ । साथै पहिलेकै तामाको गजुरलाई मर्मत गरेर सुनको जलप लगाइने छ । सो गजुर लगभग २८ फिटको हुनेछ ।


टावरको बीसौँ तलामा काठमाडौँ उपत्यका अवलोकन गर्ने डेक रहनेश्रेष्ठ बताउँछन् । यस विशाल संरचनामा डबल बेस्मेन्ट हुनेछ ।

पुनर्निर्माण भइरहेको धरहरा विगतको भन्दा युनिक बन्दै छ । बाहिरबाट हेर्दा १८८२ सालको झल्को दिने गरी ११ तला नै देखिएपनि वास्तविक उचाई भने २२ तलाको हुनेछ ।

उचाई मात्र नभई, धरहरा वरपरको क्षेत्रफल पनि विशेष नै बन्ने भएको छ । पुनर्निर्माण भइरहेको धरहराको छेउमै भएको सुन्धारा, पार्क र भत्किएको धरहरालाई व्यवस्थित गर्न लागिएको छ ।


धरहरा टावर निर्माणाधीन ४२ रोपनी जग्गामा त्रिपल बेस्मेन्ट पार्किङ, संग्रहालय, जीवित सुनधारा र पार्क रहनेछ । पार्किङमा ४ सय वटा सानो गाडी र ६ सय ५० वटा मोटरलाइकल अट्ने क्षमताको हुनेछ । त्यस्तै संग्रहालयमा भत्किएको धरहरालाई सिसाले छोपेर राखिनेछ । र, धेरै वर्ष यता पानीको बहाव बन्द भएको सुन्धारा पनि पुनर्निर्माण गरी पानी बग्ने बनाईने छ । सुन्धाराको लागि पानीको व्यवस्था बोरिङ तथा मेलम्चीको पानीबाट हुने श्रेष्ठ बताउँछन् ।


त्यसको साथसाथै पूरै क्षेत्रफललाई नै पार्कजस्तै गरी सजाइने छ । पार्कमा बगैँचा र फाउन्टेन निर्माण गरी धरहरा टावर क्षेत्रलाई एक पर्यटकीय स्थलको रूपमा चिनाउने लक्ष्य रहेको श्रेष्ठ बताउँछन् । पुनर्निर्माणको काम करिब ५० प्रतिशत सम्पन्न भइसकेको छ । पुनर्निर्माणको लागि ३ अर्ब ४३ करोड बजेट छुट्याईएको छ । यही बजेटभित्र नै काम लगभग सकिने अनुमान ठेकेदार कम्पनीको छ ।

पूरै क्षेत्रफललाई नै पार्कजस्तै गरी सजाइने छ । पार्कमा बगैँचा र फाउन्टेन निर्माण गरी धरहरा टावर क्षेत्रलाई एक पर्यटकीय स्थलको रूपमा चिनाउने लक्ष्य रहेको श्रेष्ठ बताउँछन् ।


धरहरा निर्माणको लागि काम २१ महिनाको समय दिइए पनि कोभिड-१९ लगायतका कारण समय अपुग भएर पुनः ९ महिना समय थप गरिएको थियो । त्यो समय अवधि पनि आगामी असारमा सकिँदैछ । पुनर्निर्माणको काम पूर्ण रूपमा सकाउन अझै १६ महिना समय थप मागिएको श्रेष्ठ बताउँछन् । भन्छन्, ‘धरहराको स्वरूप त तयार भैसक्यो । तर, अझ पनि ५० प्रतिशत काम बाँकी नै छ ।’

कसले बनाएका थिए धरहरा ?

धरहराको निर्माण वि.सं .१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले गरेका थिए । त्यसको उचाई ११ तल्ला थियो । १९९० माघ २ गतेको भूकम्पले धरहरा भत्किएको थियो । त्यसको दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले त्यसको पुनर्निर्माण गराएका थिए । ६ रोपनी जग्गामा फैलिएको ९ तले धरहरा २०७२ वैशाखको भूकम्पले पुनः भत्काएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested