English

मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी



पाटनस्थित मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई निर्देशकमा नियुक्त गरेका हुन् ।

आइतबार नै नियुक्ति पत्र बुझेको डा. अधिकारी मेरोलाइफस्टाइललाई जानकारी दिए । यसअघिका निर्देशक डा. मोहनराज श्रेष्ठले सेवाबाट अनिवार्य अवकास लिएसँगै उनलाई यो जिम्मेवारी दिइएको हो ।

आज (सोमबार)बाट निर्देशकको जिम्मेवारी सम्हालेका डा. अधिकारीले अस्पतालको सेवा सुविधालाई स्तरोन्नति गर्दै बेड संख्या थप्ने र एकेडेमिक सेवालाई बिस्तार गर्नतर्फ केन्द्रित हुने बताए । ‘अहिले मानसिक अस्पतालमा ५० बेड मात्रै छ यसले बिरामीको चापलाई धान्न सकेको छैन,’ प्रमुख कन्सलट्यान्ट साइक्याट्रिक्स (एघारौं तह)का चिकित्सकसमेत रहेका डा. अधिकारीले भने, ‘अब बेड संख्या थपेर बिरामीलाई विशिष्टिकृत सेवा प्रदान गर्नतर्फ मेरो ध्यान केन्द्रित हुनेछ ।’

यसका साथै, मानसिक स्वास्थ्यको क्षेत्रमा अस्पताल, विभाग र सरकारले गर्नुपर्ने काम धेरै रहेको डा. अधिकारी बताउँछन् । ‘हामीले मानसिक स्वास्थ्यका क्षेत्रमा गर्नुपर्ने थुप्रै काम छन्,’ उनले भने– ‘कुनै अस्पतालले, कुनै राज्यले र कुनै स्वास्थ्य सेवा विभागले गर्नुपर्नेछ । यसका लागि सबैसँग समन्वय गरेर काम गर्नेछु ।’

डा. अधिकारीले साइक्याट्रिक नर्सिङको पढाइलाई शुरुवात गर्ने योजना पनि सुनाए । ‘हामीले साइक्याट्रिक एमडीको पढाइ शुरु गरिसकेका छौं,’ उनले भने,–‘अब साइक्याट्रिक नर्सिङको अध्ययन पनि शुरु गर्ने मेरो योजना छ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

Latest










Popular
Suggested