English

रुघाखोकी लाग्नै नदिन यसो गरौँ !



डा. जितेन्द्र श्रेष्ठ, आयुर्वेदिक चिकित्सक

मौसम परिर्वतन हुने बित्तिकै धेरैलाई रुघाखोकीको समस्याले सताउने गर्छ । यस्ता मौसमी समस्याले कतिपय अवस्थामा एक जना मात्र नभई पुरा परिवारलाई पनि सताउने गर्छ । यो सामान्य रोग भए पनि यसले मानिसहरुलाई एकदमै सताउने गर्छ ।

कतिपय अवस्था औषधीको सेवन गर्दा पनि यी समस्याबाट छुट्कारा पाउन सकिदैँन । त्यसैले रुघाखोकी लाग्नै नदिनको लागि केहि घरेलु उपायहरु अपनाउन सकिन्छ ।

प्रसस्त मात्रामा झोलीलो पदार्थको सेवन
रुघाखोकी लाग्न नदिनको लागि प्रशस्त मात्रामा तरल पदार्थको सेवन गर्नुपर्छ । धेरै पानी पिउनु भनेको औषधी बराबर हो । पानी र अन्य तरल पदार्थको सेवनले शरिरबाट संक्रमणको बाहिर निकालेर कफसँगैको खोकीबाट राहत मिल्छ ।

तातो सुप, दाल तथा गेडागुडीको झोल र तातो पानी प्रशस्त मात्रामा सेवन गर्नु पर्छ । जाडो मौसममा प्रशस्त मात्रामा भलीलो पदार्थको सेवन गर्नाले शरिरमा लामो समयसम्म हाइड्रेट रहनुका साथ साथै कफ नरम बनाउँछ र निस्कन सजिलो हुन्छ ।

सुत्नु भन्दा अघि नुन पानीले गार्गल
कफसँगैको खोकीको लागि नुन र पानीको सेवन लाभदायक हुन्छ । दैनिक नियमित तरिकाले मनतातो नुन पानीले गार्गल गर्नाले कफ सबै निस्कन्छ । खोकी लाग्दा मनतातो पानीमा थोरै नुन मिलाएर दैनिक गार्गल गर्नाले खोकी लाग्ने तथा कफ जम्ने समस्या हुन पाउँदैन ।

हप्तामा दुई देखि तिन पटक बाफ लिने
हप्तामा दुई देखि तिन पटक तातो पानीको बाफ लिनाले स्वास प्रस्वासमा सजिलो हुन्छ । यसरी बाफ लिँदा नाकमा वास्ना आई सुँघ्न आनन्द आउने र बाफले नाक खुलेर सास लिन सजिलो हुन्छ । घाँटी दुखेको र अलि–अलि छाती दुखेको पनि निको हुन्छ ।

घरेलु औषधी
तुलसीको पात ३ गिलास पानीमा उमालेर १ गिलास भएपछि निकाली त्यो पानी पिउनाले धेरै फाइदा गर्छ । तुलसीको पात घरैमा पाइन्छ । घाँटी दुखेको बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउनाले धेरै फाइदा हुन्छ । कागतीले भिटामिन सी दिन्छ । महले केही मात्रामा क्यालोरी दिन्छ र घाँटीको दुखाइ पनि केही कम गर्छ । यसमा अदुवाको टुक्रा पनि हाल्न सकिन्छ ।

यो पनि…
जाडोमा जोर्नी दुखाइबाट यसरी बचौँ

जाडोमा उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुराहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested