English

इरानले अन्तरिक्षमा पठायो तीन ओटा अनुसन्धान कार्गो



इरानले अन्तरिक्षमा तीन ओटा अनुसन्धान कार्गो पठाएकाे छ । इरानको वायु फौजका प्रवक्ता अहमद हुसेनका अनुसार इरानले ‘यस अन्तरिक्ष अनुसन्धान अभियानमा पहिलोपटक क्षेप्यास्त्रमार्फत तीनओटा अनुसन्धान उपकरण पठाएको हाे ।’

सन् २०१५ को आणविक सम्झौता व्युँताउने विषयमा इरान र पश्चिमेली देशहरुबीचको वार्ता अवरुद्ध भइरहेका बेला इरानले अन्तरिक्षमा तीन ओटा अनुसन्धान कार्गो पठाएको हो । अन्तरिक्षको अनुसन्धान गर्न भन्दै उसले एउटा क्षेप्यास्त्रमा तीन ओटा अनुसन्धान उपकरण पठाएको हो ।

मध्यपूर्वमा सबैभन्दा धेरै मिसाइल कार्यक्रम रहेको इरानले प्रक्षेपण गरेका भू-उपग्रह समस्याका कारण पछिल्लो समयमा विफल भएका छन् । सन् २०१५ को आणविक सम्झौता व्युँताउने विषयमा इरान र पश्चिमेली देशहरुबीचको वार्ता अवरुद्ध भइरहेका बेला अमेरिकाअमेरिकाले इरानलाई आणविक कार्यक्रम स्थगित गर्न जोड दिँदै आएको छ । सन् २०१८ मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम प्रशासनले इरानमाथि प्रतिबन्ध लगाएपछि इरानले आफ्ना आणविक कार्यक्रमलाई पुनः निरन्तरता दिएको थियो ।

इरानको आणविक वार्ता निकै निकै सुस्त गतिमा अगाडि बढेको यसै साता अमेरिकाले जनाएको थियो । पूर्वराष्ट्रपति ट्रम्पले इरानमाथि लगाएको प्रतिबन्ध हटाएमा मात्र आफूले आणविक कार्यक्रम रोक्ने इरानले बताउँदै आएको छ । वर्तमान राष्ट्रपति जोन बाइडेनले पनि इरानले आणविक कार्यक्रम त्याग्नुपर्ने बताउँदै आएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested