English

जाडोमा जोर्नी दुखाइबाट यसरी बचौँ



डा .सरोज कुमार सुवाल,हाडजोर्नी तथा नशा रोग विशेषज्ञ

जाडोमा बढ्दो चिसोका कारण धेरै स्वास्थ्य समस्याहरू हुने गर्छन् । जोर्नी दुख्ने समस्या पनि तीमध्येको एक हो । वास्तवमा जाडोमा तापक्रम घट्दा मांसपेशीहरू तन्कन थाल्छन् । जसका कारण जोर्नी वरपरका नसाहरू फुल्न थाल्छन् । यसले जोर्नीहरूमा कडापन र दुखाइ बढ्छ । जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउन मानिसहरू विभिन्न औषधि, तेल र बामको प्रयोग गर्छन् ।

जाडोमा जोर्नी दुखाइ बढ्नुको कारण
साधारणता, जोर्नी दुखाइका थुप्रै कारण हुन्छन् । बाथ, युरिक एसिड, हड्डीमा चोट लाग्नु, हड्डीको क्यान्सर, आथ्रोइटिस, मोटोपन, ब्लड क्यान्सर, बढ्दो उमेर आदिको कारण हाड जोर्नी दुख्ने गर्छ ।

जाडो मौसममा वायुमण्डलीय दबाब न्यून हुनाले जोर्नी तथा मांसपेशीहरू सुन्निने समस्या हुन्छ यसकारण दुखाइ पनि वृद्धि भएर जान्छ । जाडो याममा हात गोडाहरूमा तुलनात्मक रूपमा रक्तसञ्चारमा कमी हुनाले पनि दुखाइ बढ्छ ।

चिसो मौसममा सूर्यको किरण पर्ने समय छोटिँदा शरीरमा भिटामिन–‘डी’ को मात्रा कमी हुँदा हाड जोर्नीको दुखाइ बढ्छ ।

खानपानमा ध्यान नदिँदा तथा खानामा क्यालसियमको कमीले पनि जाडोमा जोर्नी दुखाइको समस्या हुन सक्छ ।

बच्ने उपाय
चिसो तथा जोर्नी दुखाइबाट बच्नको लागि केही कुराहरूमा विशेष ध्यान दिनुपर्ने हुन्छ । सबैभन्दा पहिलो कुरा त शरीरलाई न्यानो बनाएर राख्नुपर्छ । न्यानो कपडा लगाउने र हिटरले कोठालाई न्यानो बनाउनुपर्छ ।

शारीरिकरूपमा सक्रिय रहनुपर्छ । जाडोमा जोर्नीको समस्याबाट बच्न पारिलो घाममा बस्ने । भिटामिन ‘डी’, क्याल्सियम तथा पोषणयुक्त खाना प्रशस्त मात्रामा खानुपर्छ ।

शरीरलाई तातो बनाउनको लागि तेल मालिस गर्ने र तातो झोलिलो खानेकुरा प्रशस्त मात्रामा खान सकिन्छ ।

वृद्ध वृद्धाहरूमा जोर्नी दुख्ने समस्या देखिएको छ भने भर्‍याङ ओर्लिने उक्लने प्रक्रियालाई कम गर्नुपर्छ । धेरै चिसोमा मर्निङवाक जानु हुँदैन । घरमा नै सामान्य खालका व्यायामहरू गर्नुपर्छ ।

यी माथिका कुराहरूमा ध्यान दिँदा पनि जोर्नी दुखाइ कम भएन भने । अन्य हड्डी तथा नशाको रोगहरूका कारणले पनि हुन सक्छ । त्यसैले, सम्बन्धित डाक्टरको परामर्श लिनुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested