English

माओवादीका केन्द्रीय सदस्यले दस्तावेज पढ्न नपाएपछि तनाव



नेकपा माओवादी केन्द्रकाे महाधिवेशनमा केन्द्रीय सदस्यले दस्तावेज पढ्न नपाउँदा खल्लाे महसुस गरेका छन् । माओवादी केन्द्रीय सदस्यहरुले प्रतिवेदन पढ्न सोमबार दिउँसाे पाउने भएका छन् । आइतबार बिहान पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले दस्तावेजका शीर्षक र उपशीर्षकहरु मात्रै पढेर सुनाएका छन् ।

‘भोलि (सोमबार) बिहान खाना खाएपछि मात्रै बन्दसत्र सुरु हुन्छ । बन्दसत्रका बेलामा चाहिँ यसलाई वितरण गरिन्छ’ आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले भने– ‘ग्रुपमा अध्ययन गर्ने बेलामा नै सबै डिटेलमा पढ्ने, टिप्पणी गर्ने । हामी स्थायी समितिका पनि एउटा ग्रुप बनाएर बस्ने भनेका छौं ।’

प्रस्ताव केन्द्रीय सदस्यहरुलाई प्रतिवेदन वितरण गर्दा बन्दसत्र सुरु नहुँदै पत्रिकामा छापिने र महाधिवेशन खल्लो हुने प्रचण्डले बैठकमा बताए । उनले भने– ‘यो प्रस्ताव वितरण चैं गरिनहालौं, किनभने यो बन्दसत्र सुरु हुनुभन्दा अगाडि नै बाहिर पत्रिकामा सररै निक्लियो भने हाम्रो महाधिवेशन नै खल्लो हुन्छ । त्यसकारण, अहिले वितरणचाहिँ नगरौं भनेर वितरण गरिएको छैन ।’ उनले थपे– ‘म यहाँ कामरेडहरुलाई केही शीर्षकहरु जानकारी गराउँछु । यसको शीर्षकचाहिँ बाहिर जाने भो तर दस्ताबेजचाहिँ अहिले केन्द्रीय समितिमा यहाँ वितरण नगरिहाल्ने । पत्रकारहरुले के भनेछन् भने स्थायी समितिमा बाँड्नुभएको भए पाइहालिन्थ्यो, स्थायी समितिमा बाँड्नुभएन छ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो