English

बगरमा उखु खेती, दिनचर्या नै बदलिने आम्दानी



नदीको बगरमा उखु खेती गर्न थालिएपछि कञ्रचनपुरकाे लालझाडी गाउँपालिका–४ चन्दापुरका रामप्रवेश रानाको दिनचर्या नै बदलिएको छ । दोदा नदीको बगरमा उनले पाँच वर्षअघिदेखि उखुखेती गर्दै आएका छन् । बगरमै उखु खेती गरेर सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा राना परिचित छन् । डेढ दशकअघि कञ्चनपुरकाे दोदा नदीमा आएको बाढीले उनीसहित धेरै परिवारको जग्गा बगाएर बगरमा परिणत भएको थियो । नदीले जग्गा बगाएपछि रानालाई परिवार पाल्नकै लागि अन्यत्र भौतारिनुपर्ने बाध्यता थियो ।.

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाले नदीले बगर बनाएको जग्गामा उखुखेती गर्न सकिने सल्लाह दिनाका साथै बीउबिजन र प्राविधिक सल्लाह पनि दिएपछि राना परिवारले उखु खेती गर्दै आएको थियो ।

उखु खेती गरेपछि घरखर्च चलाउनका लागि कतै जानै परेन उनले भने– ‘उखु खेतीबाट राम्रै आम्दानी हुन थालेपछि यसैलाई नै निरन्तरता दिँदै आएका छौँ । ’बालुवामा पानि उखुखेती हुन्छ र ? भन्दै काम गर्न हच्किनेहरू बालुवामै उखु फलाएर गतिलो आम्दानी लिन थालेपछि नदीले जग्गा बगाएका अरु परिवार पनि उखु खेतीमा आबद्ध भएका छन् । राना भन्छन्–‘उखुखेतीबाटै वार्षिक रुपमा तीन लाखदेखि पाँच लाख रूपैयाँसम्म खर्च कटाएर बचत गर्दै आएका छौँ ।”

बढी उत्पादन दिने उखुका नयाँ नयाँ जात खोजी गरी रोप्न थालेपछि आम्दानी पनि बर्सेनि बढ्दै जान थालेको उहाँको भनाइ थियो । “उखुबाट गतिलो आम्दानी मात्रै हात पारेका छैनौ” शुक्लाफाँटा नगरपालिका–१२ अगलीपट्टिका राम अवतार रानाले भने, “बगरमा उखु रोप्न थालेपछि नदीले बर्सेनि जग्गा कटानी गरेर दिने दुःखसमेत हटेर गएको छ ।”

परियोजाका कार्यक्रम संयोजक महेश घिमिरेका अनुसार कृष्णपुर, शुक्लाफाँटा, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा गरी ५४३ दशमलव दुुई बिघा जमिन र दोदा, स्याली, सनवोरालगायत नदीका बगरमा परियोजनाको सहयोगमा उखुखेती लगाउँदै आइएको छ ।

आव २०७७–७८ मा बगरमा लगाइएको उखुको उत्पादन ६३ हजार ७ सय ७२ क्विन्टल भएको थियो । यसबाट किसानले रु तीन करोड ३४ लाख ८० हजार ३०० आम्दानी गरेका छन् । आव २०७६–७७ मा ३८ दशमलव ६७ बिघामा उखु लगाइएकामा तीन करोड २१ लाख ९२ हजार ४ सयभन्दा बढी आम्दानी भएको थियो । यसवर्ष ६० बिघा बगरमा उखु विस्तार गरिएकाले उत्पादन बढ्ने उनले बताए ।

अहिले सबैभन्दा बढी बगरमा उखु खेती बेलौरी र पुनर्वासमा गरी २०१, लालझाडी गाउँपालिकामा १२३, शुक्लाफाँटामा ४० र कृष्णपुरमा आठ बिघामा उखु खेती हुँदै आएको छ । उखु खेतीलगायतमा परियोजनाले स्थानीय तहसँग मिलेर ५३ प्रतिशत रकम लगानी गरेको छ । संयोजक घिमिरेका अनुसार आब ०७७÷७८ मा उखुसँगै किसानले अन्तरबालीका रुपमा तेलहन, दलहन र आलु बालीको खेती गरेर रु १० लाख ९३ हजार आम्दानी गरेका थिए । उखु खेती गर्दै आएका किसानलाई आवश्यक तालिमको व्यवस्थाका साथै उन्नत उखु खेती सम्बन्धी नमुना प्रदर्शनका कार्यसमेत गरिँदै आएको छ ।

उखु खेतीका लागि आवश्यक औजार र उपकरणसमेत किसानलाई परियोजनाबाटै अनुदान स्वरुप उपलव्ध गराईएको छ ।” बगरमा तरकारी खेती गरेर मात्रै किसानले आब ०७७–७८ मा ६३ लाख ६० हजार रूपैयाँ आम्दानी लिएका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested