English

भलिबल च्यालेन्ज कपमा नेपालकाे लगातार दोस्रो जित



काठमाडौं । बंगलादेशमा चलिरहेको एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो । एकपक्षीय जस्तै बनेको खेलमा साविक विजेता नेपालले माल्दिभ्सलाई २५-११, २५-९, २५-५ सेटमा हरायो ।

दुई जितपछि ५ अंक जोडेर नेपाल अंक तालिकामा शीर्षस्थानमा छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को सेटमा जित हात पारेको थियो ।

६ राष्ट्र सहभागी प्रतियोगितामा राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested