English

हट्यो घेर्मुबासीलाई पानी भर्न पल्लोगाउँ जाने बाध्यता



वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका मर्स्याङ्दी गाउँपालिका-५ घेर्मु गाउँमा घरैपिच्छे धारा निर्माण गरिएपछि स्थानीयलाई निकै सहज भएको छ । दिनहुँ पानी भर्न गाउँदेखि टाढा पर्ने पल्लोगाउँ र खोल्सातिर धाउनुपर्ने बाध्यता रहेकोमा एक घर एक धाराुको अवधारणा अनुरुप घरैपिच्छे धारा निर्माण गरिएपछि स्थानीयलाई सहज भएको हो ।

आरसिडिसी हरियो वन कार्यक्रममार्फत् घेर्मुफाँटका ११ घर र मर्स्याङ्दी गाउँपालिका-५का ३५ गरी ४६ घरमा धारा जडान गरिएको हो । घरैपिच्छे धारा जडान गरेपछि निकै सहज भएको घेर्मुफाँटकी धनकाशी गुरुङले बताइन् । ‘पहिले पानीको धेरै दुःख थियो,’ उनले भनिन्, ‘कहिले पल्लोगाउँमा त, कहिले खोलाकै पानी खानुपर्थ्यो ।’

अहिले धारामा पानी आउने भएकाले दैनिक कामकाज गर्न, वस्तुभाउलाई खुवाउन र करेसाबारीमा सागपातमा हाल्न समेत सजिलो भएको छ ।

उनीमात्र होइन स्थानिय विष्णुमायाँ गुरुङले पनि वर्षौंदेखि गाउँमा पानीको समस्या भोग्दै आएकोमा अहिले सुविधा पाउँदा सिंगो गाउँबासी नै खुसी भएको बताइन् । उनले भनिन्, ‘पहिले पानी लिन अर्को टोलमा जानुपथर्थ्यो अहिले घरमै धारा छ । नाली र कुलोको समेत पानी पिउनुपर्ने बाध्यता थियो अहिले घरमै धारा रहेकाले पानीको समस्या टरेको छ ।

आरसिडिसी हरियो वन कार्यक्रम मार्फत् खानेपानीको व्यवस्था गरिएको उनको भनाइ छ । गाउँदेखि परको चप्रेकुनाबाट पानी ल्याइएको समितिका अध्यक्ष धनप्रसाद गुरुङले बताए ।

यो पनि…
के हाे पल र समीक्षा विवाद ? दुवैले दिए पालैपालाे स्पष्टीकरण

प्रचारप्रसारलाई किन मन पराउँदैनन् दयाहाङ राई ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

Latest










Popular
Suggested