English

जवान देखिन खानुहोस् यी ५ खानेकुरा



सुपरफुडसँग सम्बन्धित जानकारी इन्टरनेटमा सबैभन्दा धेरै खोजिने वस्तुहरूको शीर्ष स्थानमा पर्छ । यससँगै युवावस्था कायम राख्ने खानेकुराको बारेमा पनि मानिसहरूले धेरै चासो राख्ने गर्छन् । आफ्नो उमेर भन्दा बढी देखिने रहर कमैलाई मात्र होला सबैलाई उमेर भन्दा जवान नै देखिने मन हुन्छ । त्यसैले बुढ्यौली प्रक्रियालाई ढिलो बनाउने केही सुपरफुड यस प्रकार छन् :


जामुन

जामुन धेरै स्वादिलो मात्र नभएर स्वास्थ्यको हिसाबले पनि निकै फाइदाजनक मानिन्छ । जामुन खाँदा शरीर सुन्निने समस्या कम गर्न सहयोग गर्छ । जामुनको नियमित सेवनले शरीरलाई अक्सिडेशन प्रक्रियाबाट हुने क्षतिबाट जोगाउँछ । अक्सिडेशनले शरीर चाँडै बुढ्यौली बनाउँछ । तर, दैनिक जामुनको सेवनले अक्सिडेशनबाट हुने क्षतिलाई कम गर्छ ।


डार्क चकलेट
डार्क चकलेटको मुख्य स्रोत कोको बीन्स हो, जुन एन्टि९अक्सिडेन्ट गुणहरूले भरिपूर्ण हुन्छ । डार्क चकलेटको सेवनले छालाको नमी कायम राख्ने क्षमता बढाउँछ । यसले छालालाई मोइस्चराइज राख्छ । छालामा चाँडो चाउरी पर्दैन र छाला वास्तविक उमेर भन्दा जवान देखिन्छ ।


गेडागुडी
गेडागुडी हाम्रो मुटुका लागि निकै फाइदाजनक हुन्छ । यो कम९फ्याट प्रोटिनको राम्रो स्रोत हो । यसमा फाइबरको महत्त्वपूर्ण मात्रा समावेश भएकोले, कोलेस्ट्रोल कम गर्दछ । यसबाहेक भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट, पोटासियम र आइरनको राम्रो स्रोत भएकाले गेडागुडीलाई आफ्नो आहारमा समावेश गर्नुपर्छ । यसमा बायोटिन उच्च हुने भएकाले यसले छाला र कपाललाई सुख्खा हुनबाट रोक्न मद्दत गर्छ । यी सबै गुणहरूको कारण, गेडागुडीलाई एन्टी एजिंग सुपरफुडहरू मध्ये एक मानिन्छ ।


सम्पूर्ण अन्न
सम्पूर्ण अन्न फाइबर, खनिज, भिटामिन र एन्टिअक्सिडेन्टको उत्कृष्ट स्रोत हो । यही कारणले गर्दा यसको नियमित सेवनले क्यान्सर र मुटु रोगबाट बच्न सकिन्छ । साथै, अन्नलाई पच्न लामो समय लाग्ने भएकाले मधुमेह, उच्च रक्तचाप कम गर्न मद्दत गर्दछ । यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले पाचन प्रणालीलाई राम्रो बनाउन पनि निकै सहयोगी हुन्छ । यी सबै गुणहरूको संयोजनको कारण, होल ग्रेनले जवान रहन धेरै मद्दत गर्दछ ।

रेड वाइन
पश्चिमी देशहरूको मनपर्ने रेड वाइनका धेरै स्वास्थ्य लाभहरू पनि छन् । रेड वाइनमा रेस्भेराट्रोल नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले हाम्रो धमनीलाई स्वस्थ राख्न निकै मद्दत गर्छ । रेड वाइन संयमित मात्रामा सेवन गर्दा मुटुको स्वास्थ्यमा सुधार हुन्छ । यसबाहेक, रेड वाइनमा छालासँग सम्बन्धित धेरै फाइदाहरू छन् । जसले यसलाई एन्टी एजिङ सुपरफुडको दर्जा दिइन्छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested