English

सेक्स कति पटक र कुन समयमा गर्ने ?



महिला तथा पुरुष दुवैको जीवनमा सहवासको निकै महत्त्व छ । धेरै मानिसको मनमा शारीरिक सम्बन्ध कुन समयमा र कति पटकसम्म गर्ने भन्ने प्रश्न हुन्छ । तर, यो विषयमा मानिस खुलेर कुरा गर्दैनन् । एक रातमा कति पटकसम्म शारीरिक सम्बन्ध राख्ने भन्ने विषय सम्बन्धित दम्पतीमा निर्भर हुने गर्छ । जोकोहीको स्वास्थ्य एकै किसिमको हुँदैन । कुनै व्यक्तिको स्वास्थ्य तन्दुरुस्त हुन्छ त कुनै व्यक्तिको स्वास्थ्य त्यति तन्दुरुस्त हुँदैन । त्यसैले सेक्स कति पटक र कुन समयमा गर्ने सम्बन्धी केही जानकारी यस प्रकार छ :

सेक्स कति पटक गर्ने ?

सेक्स कति पटक गर्ने भन्ने लेखाजोखा त छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ धेरै खायो भने चिनी पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ । त्यसैले एक सातामा तीन पटक सेक्स गर्दा राम्रो हुने विज्ञहरूले बताएका छन् । बिहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । एक अनुसन्धानका अनुसार बिहानमा सेक्स गर्दा महिलाहरूलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।

बिहानको सेक्समा कसरी मजा लिने ?

समय छ र पार्टनर टेन्सनमा छैन भने बिहानमै सेक्स गर्दा रमाइलो हुने विभिन्न अनुसन्धानबाट खुलेको छ । बिहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउँदै मजा लिन पनि सकिने विज्ञहरूको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढी आत्मीयता प्राप्त हुनुको साथै रमाइलो पनि हुन्छ ।

रातिमा सेक्स किन नगर्ने ?

बिहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । धेरैजसो जोडिले रातीमा खास गरी खाना खाएर बेडमा जाने र सुत्ने बेला सेक्स गर्छन् । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गनुभन्दा बिहान मै गर्दा राम्रो हुने विज्ञहरूको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने पनि बताउने गरिएको छ ।

३ देखि १३ मिनेटको सेक्स पर्याप्त

घण्टौँसम्मको सेक्सभन्दा ३ देखि १३ मिनेटको सेक्समै अधिकतम सन्तुष्टि मिल्ने अनुसन्धानबाट पुष्टि भएको छ । अमेरिकास्थित पेन स्टेट युनिभर्सिटीका शोधकर्ताहरूले आफ्नो अनुसन्धानबाट उक्त कुरा पुष्टि गरेका हुन् ।

यो पनि पढ्नुहोस् :
यी देशमा यस्ता छन् सेक्स सम्बन्धि अनौठा नियम
सुप बनाउन काटेर टुक्रा बनाइएको कोब्राले डसेपछि सेफको मृत्यु
गाईले नब्याउँदै दूध दिन थालेपछि…

जसले १०० शवसँग यौन सम्पर्क गरे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested