English

अव विद्यालयमै कोरोनाविरुद्धको खोप



कोरोनाविरुद्धको मोर्डना खोपलाई विद्यालयमा पुगेर लगाउने तयारी भएको छ ।

लक्षित उमेर समूहका बालबालिका विद्यालयमा अध्ययन गर्ने भएकोले विद्यालयमै पुगेर खोप लगाउने अन्तिम तयारी भएको छ । जिल्ला भरीका १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ । कार्यालयले सबै बालबालिकालाई खोप लगाउनको लागि पालिकाका शिक्षा र स्वास्थ्य शाखाका प्रमुखसँग सूक्ष्म योजना निर्माण भएको छ ।

पुस ४ गतेदेखि पहिलो चरणअन्तर्गत देशका ३७ जिल्लाका १७ लाख बालबालिकालाई मोर्डना खोप लगाउन सुरु हुने छ । सोही अभियानअन्तर्गत कपिलवस्तुमा पुस ५ गतेदेखि खोप लगाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए । उनले २०६१ साल मङ्सिर देखी २०६६ साल मङ्सिर भित्र जन्मिएका बालबालिकाहरूलाई नजिकको विद्यालयमा गई खोप लगाउन अनुरोध गरेका थिए ।

लक्षित समूहका सबैलाई खोप लगाउन कक्षा ६ देखि माथि सञ्चालन भएका सबै विद्यालयमा खोप केन्द्र सञ्चालन गरिने छ ।

लक्षित समूहका सबैलाई खोप लगाउन कक्षा ६ देखि माथि सञ्चालन भएका सबै विद्यालयमा खोप केन्द्र सञ्चालन गरिने छ । विद्यालय पढ्दै गरेका र विद्यालय छाडेका सबैलाई खोपको दायरामा ल्याउन शिक्षक तथा स्वास्थ्यकर्मी परिचालन गरिने बुद्ध भूमि नगरपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद भट्टराईले बताए ।

मोर्डना खोप २८ दिनको फरकमा २ पटक लगाइने विश्व स्वास्थ्य सङ्गठनका कन्सलट्यान्ट मुकुन्द रेग्मीले बताए । रेग्मीले खोपको विषयमा सरोकारवालालाई सहजीकरणसमेत गरेका थिए । पहिलो मात्राको लागि ८० हजार डोज खोप स्वास्थ्य कार्यालयलाई प्राप्त हुने स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश चन्द्र घिमिरेले बताए । हरेक पालिकामा १० दिनसम्म खोप अभियान चल्ने बताइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested