English

घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार



सहरमा घर । आममानिसको सपना हो । तर, निर्माण कसरी गर्ने ? यसले धेरैलाई हैरान पारेको हुन सक्छ । पैसा भएर पनि आफूले सोचेजस्तो घर नबनेपछि धेरै मानिसहरु पछुताउँछन् । यही भ्रम, पछुतो र दुविधालाई चिर्दै आएको छ–घर निर्माण गुरु ।

गुरु कुनै व्यक्ति नभएर कम्पनी हो । यो कम्पनीले घर निर्माणको सल्लाहका साथै निर्माणको समेत जिम्मा लिन्छ । घरको डिजाइन, नक्सा पास, निर्माण सामग्रीदेखि कामदारसम्मको ठेक्का यसैले लिन्छ । अनि घर सम्पन्न गरेर धनीलाई ताल्चा साँचो बुझाउँछ ।

गुरुले यतिबेला काठमाडौं उपत्यकालाई आफ्नो सेवा क्षेत्र बनाएको छ । करिव १० वटा घर निर्माण सम्पन्न गरी घरधनीलाई जिम्मा लगाइसकेको छ । व्यस्त समयका बाबजुद पनि सोचेअनुसारको घर निर्माण गर्न चाहनेले घर निर्माण गुरुको साथ लिनसक्ने मार्केटिङ प्रमुख प्रणयराज आचार्य बताउँछन् ।

‘हामीले जोसँग पैसा छ तर फूर्सद र आइडिया छैन उहाँहरुलाई लक्षित गर्दै यो कम्पनीको सुरुवात गरेका हौं,’ आचार्यले भने, ‘काठमाडौं उपत्यकामा घडेरी हुनेहरुले आफूले जस्तो घर बनाउन चाहेको हो त्यही अनुसार हामीले. घर बनाइदिन्छौं ।’

‘हामीले जोसँग पैसा छ तर फूर्सद र आइडिया छैन उहाँहरुलाई लक्षित गर्दै यो कम्पनीको सुरुवात गरेका हौं,’ आचार्यले भने, ‘काठमाडौं उपत्यकामा घडेरी हुनेहरुले आफूले जस्तो घर बनाउन चाहेको हो त्यही अनुसार हामीले. घर बनाइदिन्छौं ।’

घर निर्माणको तीन प्याकेज


घर निर्माणका लागि कम्पनीले तीनवटा प्याकेज सार्वजनिक गरेको छ । जसको पहिलो प्याकेज हो–बजेट प्याकेज । सानो घर अर्थात कम बजेट भएका मानिसका लागि यो प्याकेज उत्तम हुने घर निर्माण गुरुकी सिइओ म्रिडानी शर्मा पौडेल बताउँछिन् । प्याकेजमा प्रति स्क्वायर फिटको ३ हजार ५० रुपैयाँ लाग्नेछ । ‘घर सानै भएपनि सपना ठूलो हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भनिन्, ‘थोरै पैसामा घर बनाउने चाहना राख्नेहरुको सपना यो प्याकेजले पुरा गर्न सक्छ ।’

यसैगरी दोस्रो प्याकेजको रुपम स्ट्याण्डर्ड प्याकेज रहेको छ । यो प्याकेजको प्रति स्क्वायर फिटको ३ हजार २ सय ५० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । मध्यम वर्गीय मानिसलाई लक्षित गरेर यो प्याकेज ल्याइएको आचार्यले बताए । अहिले यो प्याकेजलाई धेरैले रुचाइरहेका छन् ।

अन्तिम प्याकेजको रुपमा प्रिमियम प्याकेज रहेको छ । यो प्याकेज अरु भन्दा थोरै महंगो छ । तर, यसको सविधा र गुणस्तरमा भने कुनै सम्झौता नहुने म्रिडानीको दाबी छ । ‘यो प्याकेजमा प्रति स्क्वायर फिट ४ हजार ५० रुपैयाँ लाग्छ,’ उनले भनिन्, ‘यो प्याकेजले ग्राहकलाई सन्तुष्ट बनाउँछ ।’

यसरी सुरु भयो निर्माण गुरु


कम्पनीका मार्केटिङ प्रमुख आचार्य पेसाले शिक्षक हुन् । उनी नेपाल कमर्श क्याम्पसमा मार्केटिङ विषय पढाउँछन् । आचार्यले काठमाडौंमा करिव तीन वर्ष आफ्नै घर बनाए । कागजी प्रक्रियाका लागि निकै हैरानी खेपे । त्यसैले उनलाई घर निर्माण गुरुको ‘न्यु स्टारअप’ आइडिया जन्मायो ।

गुरुले सुरुमा कन्सल्टेन्सीको रुपमा काम गर्यो । उनकी श्रीमती म्रिडानी वातावरण विज्ञानकी विद्यार्थीसमेत हुन् । उनलाई पनि यसप्रति रुचि भयो । वातावरणमैत्री घर कसरी बनाउने भन्ने बारे पनि उनीहरुले परामर्श दिन थाले । सल्लाह सुझाव लिन आउनेहरुले घर निर्माणका क्रममा निर्माण सामग्रीदेखि कामदारबाट भोगेको हैरानी सुनाउँथे । त्यसपछि घर निर्माण गुरुलाई कन्स्ट्रक्सन कम्पनीको रुपमा विकास गरेको आचार्य बताउँछन् ।

घर निर्माण गुरुमार्फत तीन आना जग्गामा एक तले घर बनाउँदा ४५ लाख रुपैयाँसम्म खर्च लाग्ने आचार्य बताउँछन् । यस्तै, साढे दुईतलाको घर सम्पन गर्न ७५ लाख लाग्नेछ ।

एक तले घरको ४५ लाख, दुई तलाको ७५ लाखसम्म


घर निर्माण गुरुमार्फत तीन आना जग्गामा एक तले घर बनाउँदा ४५ लाख रुपैयाँसम्म खर्च लाग्ने आचार्य बताउँछन् । यस्तै, साढे दुईतलाको घर सम्पन गर्न ७५ लाख लाग्नेछ । ‘पहिलो तलाको तुलनामा दोस्रो तलाको खर्च कम हुन्छ,’ उनले भने, ‘पहिलो तलामा डिपिसी गर्नुपर्ने भएकाले धेरै खर्च निस्कन्छ ।’ घर निर्माण गुरुले इन्टेरियर डिजाइनिङको समेत काम गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्:
४ कोठाको एक तले पक्की घर बनाउन के–केमा कति लाग्छ खर्च ?

काठमाडौँमा अपार्टमेन्ट किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ मुल्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested