English

कैलाश पर्वत उचाल्ने रावणले किन उठाउन सकेनन् पिनाक धनुष ?



आम मानिसले सोच्छन्, कैलाश पर्वत उचालेको लंकाधिपति रावणले आखिर शिव धनुष किन उठाउन सकेन ? र रामले कसरी उचाल्न सके ? यो कुरा जान्न चाहने धेरै छन् ।

यस्तो थियो धनुष

महादेवको धनुष धेरै नै शक्तिशाली थियो र चमत्कारीक पनि । शिवले जुन धनुष चलाउँथे त्यो धनुषको टंकारले नै बादल फाट्थ्यो र पर्वत हल्लिन्थे । यस्तो लाग्थ्यो कि, भूकम्प गएको हो ।

यसको एक तीरले नै त्रिपुरासुरका तीन नगर भष्म भएका थिए । यो धनुषको नाम थियो पिनाक । देवी र देवताको कालको समाप्तिपछि यो धनुष देवराज इन्द्रलाई दिइएको थियो ।

देवताले राजा जनकका पूर्वज देवराजलाई दिए । राजा जनकका पूर्वजमा निमीका जेठो छोरा थिए देवराज । शिव धनुष उनकै धरोहर स्वरुप राजा जनकसँग थियो । उनको यो विशालकाय धनुषलाई कोहीसँग पनि उठाउन सक्ने सामर्थ्य थिएन । तर भगवान रामले यसलाई उठाए ।

रावण एक अहंकारी मनुष्य थियो । उसले कैलाश पर्वत उठाउन सक्थ्यो तर धनुष उठाउन सक्दैन थियो । धनुष त उसले हल्लाउन पनि सकेन । धनुष उचाल्न उ एक अहंकारी र शक्तिशाली घमण्ड लिएर गएको थियो । रावणले जति शक्ति लगाउँथ्यो धनुष त्यति नै गह्रौं बन्दथ्यो ।

उ आफ्नो अहंकारले हारेको थियो । तर श्रीरामले त्यहाँ गएर पहिला धनुषलाई प्रणाम गरे । त्यसपछि निर्मल र शाीन्तले उचाल्न सफल भए । सीता भगवान शिवको प्रार्थना गरेर सहजै धनुष उठाउँथिन् । त्यसै प्रकारले रामले पनि प्रयास गरे र त्यसमा सफल भए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested