English

कांग्रेस महाधिवेशन : आज १२ बजेपछि अन्तिम नामावली सार्वजनिक, भोलि बिहान ८ बजेदेखि मतदान



 शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृतवका लागि १३४ पदका ५४८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आइतबार (आज) ११ बजेसम्म उम्मेद्‌वारी फिर्ताको समय छ भने अन्तिम नामावली मध्यानह सवा १२ बजे सार्वजनिक गरिनेछ । 

‘अहिले ११ बजेसम्म उमेद्‌वारी फिर्ताको समय छ । उम्मेद्‌वारी फिर्ता गरेपछि कुन कुन पदमा सर्वसम्मत हुन्छ ? कुन कुनमा निर्वाचन हुन्छ ? हामीले सर्वसम्मत र निर्वाचन हुने पदहरूको अन्तिम नामावली आजै सवा १२ बजे प्रकाशन गर्नेछौँ’, घिमिरेले भने । 

उनका अनुसार केही कलष्टरहरूमा सर्वसम्मत हुने सम्भावना देखिएको छ । सर्वसम्मत नभएका पदमा भने सोमबार (भोलि) बिहान ८ बजेदेखि निर्वाचन हुनेछ । 

निर्वाचन समितिका अनुसार सभापति एक पदका लागि शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला, युवराज न्यौपाने र कल्याण गुरुङको उमेद्‌वारी परेको छ । 

 कांग्रेसको १४ औँ महाधिवेशनमा कुन पदमा कति जनाको उमेद्वारी ?

निर्वाचन समितिका अनुसार सभापति एक पदका लागि शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला, युवराज न्यौपाने र कल्याण गुरुङको उमेद्‌वारी परेको छ । 

उपसभापतिमा विजयकुमार गच्छदार, पूणर्बहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले उमेद्वारी दर्ता गराएका छन् ।

यस्तै, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल, गगन थापा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्माले मनोनयन दर्ता गराएका छन् । 

८ सहमहामन्त्री पदका लागि २० जनाको उम्मेदवारी परेको छ । १२१ केन्द्रीय सदस्य पदका लागि ५०९ जनाको उम्मेदवारी परेको छ भने खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । 

दलिततर्फ नाै पदका लागि ३९, महिलातर्फको खुला नाै पदका लागि ३१ जना, खस आर्य १३ जनाका लागि ९३ जना, मधेसी नाै जनाका लागि ३२ जना, आदिवासी जनजाति १५ पदका लागि ८७ जना, थारु चार जनाका लागि १४ जना, पिछडिएको क्षेत्रको एक पदमा दुई जना, मुस्लिम तीन जनाका लागि १६ जना, अल्पसंख्यक एक पदका लागि ६ जना र अपांग एक पदका लागि १६ जनाको उम्मेदवारी निर्वाचन समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्
कांग्रेसले कस्तो छान्यो ? ‘हाम्रो कि राम्रो ?’

प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि कांग्रेस काठमाडौं सभापतिमा निर्वाचित
बिपी कोइरालाको अर्थनीति र समाजवाद बुझाउने पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested