English

नेपालमा पनि २ जनामा ओमिक्रोन पुष्टि



नेपालमा २ जनामा कोरोनाको नयाँ प्रजाति ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै २ जनामा ओमिक्रोन पुष्टि भएको जानकारी गराएको हो ।

मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएको ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन पुष्टि भएको हो । ६६ वर्षीय नागरिक ३ मंसिरमा त्रिभुवन अन्तराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए ।

उनीहरु दुवैजनालाई ७ मंसिरमा कोभिड पोजेटिभ देखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा आइतबार बेलुका नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको डा. अधिकारीले जानकारी दिए । ‘उहाँहरु दुवैजना नेपाल सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा बस्नुभएको छ,’ डा. अधिकारीले भने, ‘हालसम्म उहाँहरुमा कुनै लक्षण देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ ।’

उनीहरुको सम्पर्कमा आएका ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैको नेगेटिभ आएको उनले जानकारी दिए । २४ नोभम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको यो भाइरस हालसम्म ३५ देशमा फैलिसकेको छ भने ५ सय ७४ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ । दक्षिण एसियाका नेपालसहित केही देशमा यो भेरियन्ट पुष्टि भइसकेको छ । यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा बैज्ञानिक तथ्यहरुको खोज भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

नेपालले अन्तर्राष्ट्रिय हवाई तथा नाकाहरुमा यात्रुहरुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पीसीआर रिपोर्टलाई अनिवार्य गरेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । ‘खोपको विवरण लिने, लक्षणको जाँच गर्ने, हवाई तथा स्थल नाकाहरु भई प्रवेश गर्ने पूर्ण खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ,’ उनले भने, ‘एन्टिजेन परीक्षणमा पोजेटिभ फेला परेकाहरुको नमुना संकलन गरी पीसीआर र शंकास्पद नमुनाको जीन सिक्वेन्सिङ गर्ने गरिएको छ भने एक महिना अघि देखि पोजेटिभ भएका नमुनाको थप परीक्षण गरिरहेका छौं ।’

कोभिड–१९ का अरु भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

Latest










Popular
Suggested