English

कोरोनाको नयाँ भेरियन्ट : पूर्वी नाकामा भिडभाड उस्तै, सतर्कता न्युन



कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेको छ । उच्च संक्रामक मानिने यो भेरियन्ट भारत देखिसक्दा पनि भारतसँग सीमा जोडिएको झापामा भने खासै सतर्कतासमेत देखिँदैन । भारतसँग एक सय ४४ किलोमिटर सीमा जोडिएको झापामा पूर्वी नाका र भद्रपुर नाकामा सामान्य चेकजाँच भए पनि अन्य स्थानमा खासै सतर्कता छैन् ।

अन्य नाकामा विगतमा संक्रमण फैलदा जस्तो सुरक्षाकर्मीले कडाई नगर्दा संक्रमितहरूसमेत सहजै आवतजावत गर्ने अवस्था छ ।विगतमा बन्द रहेका नाकाहरू सरकारले खोल्ने निर्णय गरेसँगै जोखिम पनि बढेको छ । भारतसँगै, भुटान, बंगलादेशसहितबाट आवतजावत हुने पूर्वीनाका काँकडभिट्टामा पनि खासै कडाइ छैन । नाकामा प्रहरीले खोप कार्ड हेरेर आवतजावत दिइरहेको छ । जसका कारण पनि नयाँ भेरियन्ट नेपाल भित्रने जोखिम बढेको छ ।

भारतसँगै, भुटान, बंगलादेशसहितबाट आवतजावत हुने पूर्वीनाका काँकडभिट्टामा पनि खासै कडाइ छैन । नाकामा प्रहरीले खोप कार्ड हेरेर आवतजावत दिइरहेको छ । जसका कारण पनि नयाँ भेरियन्ट नेपाल भित्रने जोखिम बढेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनील दाहालका अनुसार भारतबाट आएका नेपाली नागरिकका लागि भने खोप कार्ड हेरेर मात्र पनि प्रवेश दिइरहेको छ । ‘भारतबाट आउने नेपालीको हकमा खोप कार्ड हेरेर मात्रै आवतजावत भइरहेको छ,’ उनले भने, ‘भारतसँगै अन्य देशका नागरिकको हकमा भने अनिवार्य पीसीआर वा एन्टिजेन्ट रिर्पोट र खोप कार्ड चाहिन्छ । यो नभएकालाई हामीले फर्काइरहेका छौँ ।’

नाकाबाट दैनिक तीन हजार जनाको आवतजावत

पूर्वीनाकामा अहिले दैनिक तीन हजारभन्दा बढीको आवतजावत छ । जसमा नजिकैको भारतीय बजार पानीट्यांकीबाट घरायसी प्रयोगको सामान ल्याउने पनि छन् । नाकामा भिडभाड भने बढीरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी दाहालले जानकारी दिए । उनका अनुसार अहिले पनि नाकामा शंकास्पदहरूलाई एन्टिजेन्ट परीक्षण गरिएको छ ।

जसमा हप्तामा दुई(चार जनामा कोरोना संक्रमण देखिइरहेको उनले बताए । अहिलेसम्म नाकामा कडाइ गर्न कहीँबाट पनि लिखित निर्देशन नआएको डिएसपी दाहालले बताए । ‘लिखित रूपमा नाकामा कडाइ गर्न कहीँबाट पनि निर्देशन आएको छैन । तर, सिडिओ साबले मौखिक रूपमा कडाइ गर्न भन्नुभएको छ । स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउनु भन्नु भएको छ,’ उनले भने, ‘हामीले पनि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराएका छौँ ।’

जिल्ला प्रशासन कार्यालय झापाले भने नाकामा सतर्कता बढाइरहेको दाबी गरेको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्यौपानले नाकाबाट आउने सबैको एन्टिजेन्ट परीक्षण भइरहेको दाबी गरे । यद्यपि, नाकामा शंकास्पद र पीसीआर रिर्पोट नभएकाको मात्र परीक्षण गरिँदै आएको छ । ‘नाकामा ५(७ दिनदेखि नै सतर्कता अपनाएका छौँ । नाकामा आएका सबैको एन्टिजेन्ट परीक्षण गर्छौँ,’ उनले भने ।

यो पनि…
भारतमा फेला पर्यो कोरोनाको ओमिक्रोन भेरियन्ट, नेपालमा सतर्कता आवश्यक
कोरोना संक्रमितको आईसियु र भेन्टिलेटरमा गरिने उपचारमा के छ भिन्नता ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested