English

चम्पादेवी : एकदिने हाइकिङ, कसरी जाने, के बोक्ने ?



शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या भने आइ नै रहन्छ । शनिवार परिवार, साथीभाई र प्रेमील जोडी कतै बाहिर गएर हप्ताभरको टेन्सन र बोझ हल्का गर्न चाहन्छन् । तर कतिपयले उचित स्थान चयन गर्न नसक्दा हप्तामा एक दिन पाएको विदा पनि खल्लो हुन्छ भने उचित स्थान र उचित गन्तव्यसहित गरिने यात्रा अविस्मरणीय रमाइलो बन्न सक्छ ।

चम्पादेवी एक यस्तो गन्तव्य हो, जहाँ वर्षको कुनै पनि मौसममा भ्रमण गर्न सकिन्छ । काठमाडौं र मकवानपुर जिल्लाको साझा सीमा चम्पादेवी पहाडको हाइकिङ एकै दिनमा गर्न सकिन्छ

चम्पादेवी हिल

यो स्थान तपाईलाई शनिवार रमाइलोका साथै मूड फ्रेस गर्न उचित गन्तव्य बन्न सक्छ । काठमाडौंमा हुनुहुन्छ र शनिवार कहाँ जाने भन्ने दोधारमा हुनुहुन्छ भने तपाईका लागि यो स्थान भरपुर मनोरञ्जन दिन सक्ने गन्तव्य बन्नेमा कुनै दुई मत छैन ।

काठमाडौंको नजिक रहेको चम्पादेवी हिल पैदल यात्रा गर्नका लागि उचित गन्तव्य हो । यो चम्पादेवी पहाडमा पर्छ । यो एक भव्य पहाड हो, जुन काठमाडौंका दक्षिण पश्चिम २२८५ मिटर उचाइमा रहेको छ । यो एक तीर्थस्थल पनि हो, जुन हिन्दू र बौद्ध धर्मावलम्बीहरूको लोकप्रिय तीर्थस्थलमध्ये पर्दछ ।

१ बजे पैदल यात्रा सुरु गर्ने हो भने करिब साढे तीन बजेतिर फर्पिङ आइपुगिन्छ । फर्पिङबाट ४ बजे लोकल गाडी चढेर काठमाडौँ फर्किन सकिन्छ ।

एक दिनको हाइकिङ

चम्पादेवी एक यस्तो गन्तव्य हो, जहाँ वर्षको कुनै पनि मौसममा भ्रमण गर्न सकिन्छ । काठमाडौं र मकवानपुर जिल्लाको साझा सीमा चम्पादेवी पहाडको हाइकिङ एकै दिनमा गर्न सकिने नेपाल बाउन्ड्रि ट्रेकिङ एजेन्सीका सीईओ योगेश कुँवरको भनाइ छ ।

चम्पादेवी हाइकिङको लागि बिहान ८ बजे काठमाडौंबाट लोकल बसमा करिब डेढ घण्टा यात्रा गरेर फर्पिङ पुग्नुपर्छ । दक्षिणकाली नगरपालिकाको सानो तर सुन्दर गाउँ फर्पिङ पुगेपछि करिब १० बजेतिर चम्पादेवीको लागि हाइकिङ रुटतिर लाग्नुपर्छ ।

काठमाडौंबाट फर्पिङसम्म जान र फर्पिङबाट काठमाडौं फर्किन, फर्पिङमा पानी, खानेकुरा, पेन किलर र ब्यान्डेजलगायत अत्यावस्यक सामग्रीहरू किन्नको लागि प्रति व्यक्ति जम्मा रु ३ हजार बोक्दा उपयुक्त हुन्छ ।

रुटमा लागेपछि नै हाइकिङको मजा प्राप्त हुन थाल्छ । घना जङ्गल, विभिन्न प्रजातिहरूका चरा चुरुङ्गी र हरिया पहाडहरूको रमणीय दृष्य अवलोकन गर्दै हिँड्दा २ घण्टा बितेको पत्तै हुँदैन ।

चम्पादेवीको हाइटमा पुगेपछि देखिने लाङ्टाङ, गौरीशंकर, जुगल र दोर्जे लाक्पा हिमालहरूको श्रेणीको मनमोहक दृष्यले थकान त्यसै मेटिएर जान्छ । बुङ्मती, खोकना, फर्पिङ गाउँ, बागमती खोला र दक्षिणकाली मन्दिर जाने बाटोको दृष्यले त झन छुट्टै आनन्द प्रदान गर्छ । साथै चम्पादेवी हाइटमै चम्पादेवीको सुन्दर मन्दिर पनि रहेको छ ।

अवलोकनपश्चात १२ बजेतिर ड्राई पिकनिक पनि गर्न सकिन्छ । सफा, सुन्दर र मनोरम गन्तव्यमा आराम गर्दै आफैले लगेको खाजा खाएर पुनः फर्पिङतर्फ लाग्नुपर्छ ।

१ बजे पैदल यात्रा सुरु गर्ने हो भने करिब साढे तीन बजेतिर फर्पिङ आइपुगिन्छ । फर्पिङबाट ४ बजे लोकल गाडी चढेर काठमाडौँ फर्किन सकिन्छ ।

हाइकिङको लागि के-के चाहिन्छ ?

फर्पिङदेखि जङ्गलको बाटो हुँदै चम्पादेवीको हाइटसम्म पुग्ने बाटोमा पसल र होटेलहरू नभएको र हाइटमा पनि अवलोकन गर्ने मात्र व्यवस्था भएकोले, हाइकिङ गर्दा आवश्यक पर्ने सामग्रीहरूको आफैले नै राम्ररी व्यवस्थापन गरेर मात्र हिँड्नुपर्ने हुन्छ ।

पैसा

काठमाडौंबाट फर्पिङसम्म जान र फर्पिङबाट काठमाडौं फर्किन, फर्पिङमा पानी, खानेकुरा, पेन किलर र ब्यान्डेजलगायत अत्यावस्यक सामग्रीहरू किन्नको लागि प्रति व्यक्ति जम्मा रु ३ हजार बोक्दा उपयुक्त हुन्छ ।

हाइकिङ गर्दा कहिलेकाहिँ हात वा खुट्टा मर्किन र दुख्न पनि सक्छ । त्यसैले यस्ता आपतकालीन अवस्थाबाट बच्न पेनकिलर स्प्रे र ब्यान्डेजहरू बोक्न नभुल्नुहोला ।

जुत्ता

जान र आउन गरी करिब ४ घण्टा मात्रै हिँड्न पर्ने भएकोले सामान्य स्पोर्ट्स जुत्ता लगाउन पनि सकिन्छ । हाइकिङ वा ट्रेकिङ बुट नै प्रयोग गर्नुपर्छ भन्ने छैन ।

कपडा

चम्पादेवी हाइकिङ कुनै पनि मौसममा गर्न सकिन्छ । त्यसैले मौसमअनुसार उपयुक्त कपडा लगाउनु उचित हुन्छ ।
पर्याप्त पानी र खानेकुराहरू

फर्पिङदेखि जङ्गलको बाटो हुदै उकालो लाग्नुपर्ने हुँदा पानीको धेरै मात्रामा आवश्यकता हुन सक्छ । साथै बाटोमा कुनै किसिमका पसल र होटेल नभएको कारणले पनि ब्यागमा टन्नै खानेकुराहरू बोक्न कन्जुस्याई गर्नु हुँदैन।

पेन किलर स्प्रे र ब्यान्डेज

हाइकिङ गर्दा कहिलेकाहिँ हात वा खुट्टा मर्किन र दुख्न पनि सक्छ । त्यसैले यस्ता आपतकालीन अवस्थाबाट बच्न पेनकिलर स्प्रे र ब्यान्डेजहरू बोक्न नभुल्नुहोला ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested