English

काठमाडौँमा अपार्टमेन्ट किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ मुल्य



काठमाडौँमा एउटा घर बनाउने सपना धेरैको हुन्छ । तर, सिमित आयस्रोत भएकाहरुको लागि यो सपना पुरा गर्न निकै गाह्रो छ । घर जग्गाको मुल्य आकाशिदो छ । यसैले अपार्टमेन्टमा बस्न रुचाउनेहरुको संख्या बढ्दो छ ।


जग्गा किनेर घर बनाउनुभन्दा बनि बनाउ अपार्टमेन्टले धेरै सुविधा दिएपछि मानिसहरु अपार्टमेन्ट तिर आकर्षित भएका हुन् । घर बनाउने झन्झट् भएन । सस्तो र सहज पनि भयो । त्यसैले काठमाडौं उपत्यकामा रहेका अपार्टमेन्टहरुको मुल्य कति छ र सेवा सुविधाहरु के के छन् ?


मेरो सिटी अपार्टमेन्ट

मेरो सिटी अपार्टमेन्ट हात्तिवनमा छ । १ बेडरुम, १ लिभिङ रुम, १ किचन र १ बाथरुमको सुविधा भएको मेरो सिटी अपार्टमेन्टको मुल्य ५६ लाख रुपैँया तोकिएको छ । सानो परिवारको लागि यो अपार्टमेन्ट एकदमै उपयुक्त हुन्छ । १ करोड ७६ लाख रुपैँयामा वटा बेडरुम, किचन, डाइनिङ, लिभिङ रुम र २ वटा बाथरुमको सुविधा छ । यस अपार्टमेन्टमा जिम, पार्किङ, गार्डेन तथा अन्य सुविधाहरु पनि उपलब्ध छन् ।

मेरो सिटी अपार्टमेन्ट


सनसिटी अपार्टमेन्ट

पेप्सिकोलामा अवस्थित सनसिटी अपार्टमेन्टमा ९० लाख रुपैँयामा ३ वटा बेडरुम, १ किचन , १ लिभिङ रुम र २ वटा बाथरुम भएको अपार्टमेन्ट पाउन सकिन्छ । यहाँ ९० लाखदेखि १ करोड ५० लाख रुपैँयासम्मको अपार्टमेन्टहरु उपलब्ध छ । यस अपार्टमेन्टको ५ वटा टावरमा ५०० वटा अपार्टमेन्टहरु छन् । धेरै क्षेत्रफलमा फैलिएको यस अपार्टमेन्टमा स्विमिङ पुल, पार्किङ, २४ घन्टा सेक्युरिटि लगायतका सुविधाहरु पनि उपलब्ध छन् ।

सनसिटी अपार्टमेन्ट


के एल रेसिडेन्सी लक्जरी अपार्टमेन्ट

ज्ञानेश्वरमा रहेको के एल रेसिडेन्सी लक्जरी अपार्टमेन्टमा ४ करोडदेखि ५ करोड रुपैँया मुल्य पर्ने अपार्टमेन्टहरु उपलब्ध छन् । ३/४ वटा बेडरुम, किचन, लिभिङ रुम र २ वटा बाथरुमको सुविधा भएको यस अपार्टमेन्टमा स्विमिङ पुल, जिम र पार्कीङको पनि व्यवस्था छ ।


सनराइज अपार्टमेन्ट

ललितपुरस्थित मेडीसिटी अस्पतालबाट ५ मिनेटको दूरीमा रहेको सनराइज अपार्टमेन्टको मूल्य ८५ लाख रुपैयाँ तोकीएको छ । जसमा २ वटा बेडरुम, किचन, हल र एउटा बाथरुम छ । त्यस्तै यहाँ २ करोड रुपैँया पर्ने अपार्टमेन्ट पनि उपलब्ध छ जसमा ५ वटा बेडरुम, किचन, हल र ३ वटा बाथरुमको सुविधा छ भने पावर ब्याकअप जेनेरेटर, पार्कीङ र जिमखानाको समेत सुविधा छ ।

सनराइज अपार्टमेन्ट


सोल्टि सिटी अपार्टमेन्ट

रविभवनमा अवस्थित सोल्टि सिटी अपार्टमेन्टमा ६२ लाख ७० हजार रुपैँया देखि ३ करोड १८ लाख ५० हजार रुपैँया सम्मका अपार्टमेन्टहरु उपलब्ध छन् । १ बेडरुम, हल, किचन, बाथरुम देखि ४ बेडरुम,हल, किचन, २ वटा बाथरुम भएका रुमहरुको सुविधा रहेको यस अपार्टमेन्टमा पनि स्विमिङ पुल, जिम, पार्कीङ लगाएतका सुविधाहरु उपलब्ध छन् ।

सोल्टि सिटी अपार्टमेन्ट


डाउनटाउन अपार्टमेन्ट

धापाखेलमा रहेको डाउनटाउन अपार्टमेन्टमा ८५ लाख रुपैँयादेखि ३ करोड ६५ लाख रुपैँयासम्मका अपार्टमेन्टहरु उपलब्ध छन् । ९५ प्रतिशत अपार्टमेन्टहरु बिक्रि भईसकेका छन् भने ५ प्रतिशत अपार्टमेन्टहरु बिक्रीमा छन् । यस अपार्टमेन्ट स्टुडियो अपार्टमेन्टहरु उपलब्ध छन् जसलाई ग्राहकले आफ्नो इच्छा अनुसार पार्टेसन गरेर रुमहरु निकाल्न सक्नेछन् ।

डाउनटाउन अपार्टमेन्ट


सनराईज सीटी होम्स

नयाँ बानेश्वरको बिजुली बजारमा अवस्थित सनराइज सिटी होम्समा ५ वटा अपार्टमेन्टहरु बिक्रिमा छन् । २ बेडरुम,किचन, लिभिङ र १ बाथरुम भएको अपार्टमेन्टको मुल्य २ करोड ४३ लाख रुपैँया तोकिएको छ भने ३ बेडरुम, किचन, लिभिङ रुम र २ वटा बाथरुम भएको अपार्टमेन्टको मुल्य २ करोड ९५ लाख रुपैँया तोकीएको छ । यहाँ जिमखाना, कम्युनिटी हल, २४ घन्टा सेक्युरिटी लगायतका सुविधाहरु पनि रहेको छ । २ वटा स्विमिङ पुल, जिमहल, कम्युनिटीहल, २४ घन्टा पानी र सेक्यिुरिटी लगाएतका सुविधाहरु छन् ।

सनराईज सीटी होम्स


एम्पेरियल कोर्ट अपार्टमेन्ट सानेपा

सानेपामा अवस्थित एम्पेरियल कोर्ट अपार्टमेन्टमा २ बेडरुम,हल, किचन भएको अपार्टमेन्टको मुल्य १ करोड २५ लाख रुपैँया तोकीएको छ । त्यस्तै ४ बेडरुम,हल किचन र ३ वटा बाथरुम भएको अपार्टमेन्टको मुल्य २ करोड ५० लाख रहेको छ । यस अपार्टमेन्टमा जिम, स्विमिङ पुल, कम्युनिटी हल, पार्कीङ र पावर ब्याकअप जेनेरेटर लगाएतका सुविधाहरु रहेका छन् ।

एम्पेरियल कोर्ट अपार्टमेन्ट सानेपा

यो पनि पढ्नुहोस्:
४ कोठाको एक तले पक्की घर बनाउन के–केमा कति लाग्छ खर्च ?

‘सवारी साधन हुने अस्पताल तिर कुद्छन्, नहुने घरमै रुँदै बस्छन्’
बगरबाट घर खोतल्दै मेलम्चीवासी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested