English

सिलिचुङको शिखरमा साइकल



मुन्दुम ट्रेल (मुन्दुम मार्ग) को प्रवर्द्धनका लागि साइकल यात्री तेजप्रसाद पराजुली (एभरेष्टबाबु) ले सिलिचुङ टपमा साइकल पुर्‍याएका छन् । गत वैसाखमा मुन्दुम ट्रेल अन्तर्गत भोजपुर, सुन्तले, मैयूँडाँडा, हाँसपोखरी, दलसिंगे हुँदै चखेवाभञ्ज्याङबाट भोजपुर नै फर्किएका साइकल यात्री पराजुली भिर–पहरा छिचोल्दै सिलिचुङको शिखरमा साइकल पुर्‍याउन सफल भएका हुन् ।

साइकल कुदाएर नेपालका ७७ जिल्लाको यात्रा गरिसकेका पराजुलीले महाकुलुङ बुङ, छेस्काम हुँदै गुदेलदेखि ट्रेकिङ र साइकलमार्फत हिलारी नोर्गे ट्रेल हुँदै साल्पा पोखरी दर्शन गरेर सिलिचुङको शिखरमा साइकल पुर्‍याएको मुन्दुम ट्रेलका प्रवर्द्धक मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्र (एमटीएसएसटीसीपी)का अध्यक्ष रमेश राईले जानकारी दिए ।

पराजुलीले मुन्दुम ट्रेलको इतिहासमा सिलिचुङको टपमा साइकल पुर्‍याउने पहिलो साइकल यात्रीको इतिहास बनाएका छन् । समुद्री सतहबाट ४१६५ मिटर अग्लो सिलिचुङ भोजपुर, सोलुखुम्बर र संखुवासभाको बीचमा छ । खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थलको पर्यटन प्रवर्द्धनका लागि परिकल्पना गरिएको मुन्दुम ट्रेलको प्रचारप्रसारमा झापा चन्द्रगढीका साइकल यात्री पराजुली पनि चासोका साथ लागिपरेका छन् ।

पराजुलीले मुन्दुम ट्रेलको इतिहासमा सिलिचुङको टपमा साइकल पुर्‍याउने पहिलो साइकल यात्रीको इतिहास बनाएका छन् । समुद्री सतहबाट ४१६५ मिटर अग्लो सिलिचुङ भोजपुर, सोलुखुम्बर र संखुवासभाको बीचमा छ ।

मुन्दुम ट्रेलको मूख्य गन्तव्यका रूपमा रहेको साल्पा पोखरी नजिकै ‘साल्पा स्तम्भ’ उद्घाटन गरिएको छ । भोजपुरको साल्पा सिलिछो गाउँपालिकाले तयार पारेको डीपीआरअनुसार सालपा कल्याणकारी कोषको लगानीमा निर्माण गरिएको स्तम्भ पूर्वसांसद एवं सालपा विकास बैंक खोटाङका अध्यक्ष टंक राईले उद्घाटन गरेका हुन् । मुन्दुम ट्रेलका प्रवर्द्धक मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्र (एमटीएसएसटीसीपी) का अध्यक्ष राईको संयोजनमा ‘साल्पा स्तम्भ’ निर्माणको सुरूदेखि अन्तिमसम्मको काम सम्पन्न भएको हो । प्राज्ञ नारदमनी हार्तम्छालीले सो स्तम्भको डिजाइन गरेका हुन् ।

खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभाको रमणीय स्थल चखेवाभञ्ज्याङ, मैयुङडाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा पोखरी, सिलिचुङडाँडा लगायतको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २०७५ सालमा मुन्धुम ट्रेलको अवधारणा अघि सारिएको हो ।

मुन्दुम ट्रेलमा खोटाङको साकेला गाउँपालिकाको तावाभञ्ज्याङबाट भोजपुरको टेम्केमैयूं गाउँपालिका, खोटाङको केपिलासगढी गाउँपालिका, भोजपुरको साल्पा सिलिचोँ गाउँपालिका, साल्पापोखरी हुँदै साल्पा सिलिछो पिक पुर्‍याउने र ताराखसे पोखरीबाट भोजपुरको षडानन्द नगरपालिका, भोजपुर नगरपालिका हुँदै मध्यपहाडी लोकमार्गको साम्पाङ चोकलाई समेटिएको छ ।

आन्तरिक तथा वाह्य पर्यटकलाई यात्रा गराउँदै पर्यटन प्रवर्द्धन गर्ने र आन्तरिक आयआर्जन वृद्धि गर्ने लक्ष्यका साथ मुन्दुम ट्रेलको परिकल्पना गरिएको मैयूं–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले जनाएको छ ।

यो पनि पढ्नुहोस्
कोरोनाले पर्यटन क्षेत्रमा १० अर्बको क्षति, ७ लाख जनशक्ति बेरोजगार
फेवातालमा चल्न थाले डुङ्गा, मजदूरमा उत्साह
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested