English

किन हतारिन्छन मिडिया ?



तारानाथ दाहाल

पछिल्लो समय विशेषगरी अनलाइन मिडियाहरू हतारको दौडमा लागेको देखिन्छ । जिउँदो व्यक्तिलाई मृत भन्ने अनलाइनले पीडित परिवारको भावनाको ख्याल गरेको देखिन्न । चाँडो परिचित हुन, हाइहाइ कमाउन र पहिलो सूचनाको पगरी गुथ्न अनलाइन मिडियाहरू रमाइरहेको देखिन्छ । यसले सञ्चारमाध्यमको विकृत रूप देखा परिरहेको छ ।

सामाजिक सञ्जालमा आएका कुरालाई नै मूख्य स्रोत मानेर समाचार प्रकाशन गर्दा कतिपय अवस्थामा ठूला र विश्वासिला ठानिएका सञ्चारमाध्यम नै चुकेको थुप्रै उदाहरण छन् ।

कतिपय सञ्चारमाध्यमहरू ब्रेकिङको होडबाजीमा लाग्नाले गैरजिम्मेवारपन देखिँदै आएको छ । यस्ता पक्षमा नेपाली मिडिया विशेषगरी अनलाईन मिडियाले तथ्यलाई पुष्टि गरेर मात्र समाचार सामग्री प्रकाशन गर्नुपर्छ । कतिपय घटनाका बारेमा समाचार प्रकाशन गर्ने कि नगर्ने भन्नेबारे पत्रकारलाई अप्ठेरो पर्छ । तर, मानिसको मृत्यु भएको जस्तो संवेदनशिल कुरालाई अस्पतालको आधिकारिक धारणा लिनैपर्छ ।

त्यसैले हामीले पत्रकारितामा दोहोरो स्रोत प्रयोग गर्नुपर्छ । तर, त्यसो नहुँदा भ्रमपूर्ण समाचार फैलिरहेका छन् । यसले सञ्चार माध्यमप्रति आममानिसको विश्वास छिट्टै गुम्छ । अझै पनि गम्भीर अवस्थाका बिरामीको सन्दर्भमा भ्रमपूर्ण समाचार पटक–पटक सार्वजनिक भैरहेका छन् । यो बिरामीका आफन्त वा नजिकका मान्छेले बिरामीको अवस्था गम्भीर अथवा चिन्ताजनक छ भनिदिएको भरमा समाचार लेख्दाको परिणाम हो । यस्ता कुराहरूमा सकेसम्म अस्पतालले पुष्टि नगरेसम्म प्रकाशन/प्रशारण गर्नु हुँदैन ।

यस्ता भ्रमपूर्ण समाचार प्रकाशित भइरहँदा त्यो सञ्चार माध्यमको सम्पादकीय संरचना कस्तो रहेछ भन्ने बुझ्न खासै गाह्रो पर्दैन । कुनै एउटा रिपोर्टरले समाचार ल्यायो, त्यसलाई जाँच्ने उपसम्पादक, सम्पादकहरू हुन्छन् । यस्ता संवेदनशील विषयहरूमा गेटकिपर अर्थात छनोटकर्ताहरूको भूमिका नै केही नभएको देखियो । गेटकिपरले कसैको मृत्यु अथवा कुनै गम्भीर विषयमा संवाददाताले लेखेको समाचारमा पुष्टि हुने तथ्य/प्रमाण खोज्नुपर्छ । तर, नेपाली सञ्चारमाध्यममा गेटकिपरको भूमिका नै कमजोर भएको पाइन्छ ।

यस्तै, कतिपय सञ्चारमाध्यमहरू ब्रेकिङको होडबाजीमा लाग्नाले गैरजिम्मेवारपन देखिँदै आएको छ । यस्ता पक्षमा नेपाली मिडिया विशेषगरी अनलाईन मिडियाले तथ्यलाई पुष्टि गरेर मात्र समाचार सामग्री प्रकाशन गर्नुपर्छ । कतिपय घटनाका बारेमा समाचार प्रकाशन गर्ने कि नगर्ने भन्नेबारे पत्रकारलाई अप्ठेरो पर्छ । तर, मानिसको मृत्यु भएको जस्तो संवेदनशिल कुरालाई अस्पतालको आधिकारिक धारणा लिनैपर्छ । होइन भने सञ्चारमाध्यमको विश्वसनीयता उपर संकट आउँछ । साथै, बिरामीका परिवार र आफन्तमा भावनात्मक रूपमा चोट पुर्‍याउँछ, जसलाई अनुमान गर्न सकिँदैन । त्यसैले कुनै पनि सञ्चारमाध्यमले मान्छेको मृत्युजस्तो कुरामा खेलाँची गर्नु हुँदैन ।

नेपाल पत्रकार महासंघका पूर्व सभापति दाहाल संग गरिएकाे कुराकानीमा आधारित ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested