English

दसैंमा मासु खाँदा ध्यान दिनुपर्ने कुराहरु



दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो भनेर एकै पटक धेरै मात्रामा मासु तथा अन्य चिल्लो पिरो खानेकुराको अधिक सेवनले स्वस्थ्यमा हानी गर्न सक्छ । शरीरको आवश्यकताअनुसार मात्रै मासुलगायतका खाद्यपदार्थ खानु उपयुक्त हुन्छ । त्यसैले कस्ता बिरामीहरुले रातो मासु खानु हुँदैन ? मासु खाँदा के–के कुरामा ध्यान दिनुपर्छ लगायतका विषयमा डाइटिसियन भिष्मा राईको सुझाव यस्तो छ ः

कस्ता बिरामीहरुले रातो मासु खाँनु हुँदैन ?

दसैंमा दीर्घ रोगका बिरामीहरुले रातो मासुको सेवन नगर्नु नै उचित हुन्छ । युरिक एसिड, सुगर, डायबिटिज र ब्लडप्रेसर हाई भएका बिरामीले रातो तथा बोसोयुक्त मासु सकभर खानुहुन्न । खसी, बोका, राँगाको रातो मासु तथा बोसोयुक्त मासुले सुगरको मात्रा बढ्छ ।
सुगरको मात्रा बढ्यो भने बिरामीको किड्नी फेल हुन सक्छ, प्यारालाइसिस समेत हुन सक्छ । यी रोगका बिरामीहरुले रातो मासु सकभर कम खानुपर्छ । मासु खाँदा बोसो र छाला नभएको मासु खानु राम्रो मानिन्छ ।

मासु खाँदा ध्यान दिनु पर्ने कुराहरु
– माछामासुमा पनि दशैंमा रातो मासुको प्रयोग ज्यादा हुन्छ । रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ । यस्तो मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ । यसले मुटुका बिरामीलाई बढी हानी गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ । त्यसैले रातो मासुको सेवन कम गर्नु पर्छ ।
– छालासहिको मासुमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ । यसले पनि विभिन्न रोगहरुलाई निम्तो दिन्छ । त्यसैले छाला निकालिएको मासु खानु उपयुक्त हुन्छ ।
– दसैंको परिकारहरुमा मसलाको प्रयोग अत्याधिक हुने गर्छ । चिल्लोसँगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । त्यसैले मासुका परिकारमा मसलाको प्रयोग धेरै गर्नु पनि उचित हुँदैन ।

– दसैंमा मासु मात्रै खाइरहनुको सट्टा फलफूल र सागसब्जीसमेत खानुपर्छ । यसो गर्दा शरीरलाई आवश्यक पर्ने सन्तुलित भोजन मिल्छ ।
– एकैपटक धेरै मात्रामा मासुको सेवन गर्नु हुँदैन । एकै पटक धेरै मासुको सेवन गर्दा अपच हुन सक्छ । त्यसैले थोरै–थोरै गरेर शरीरले पचाउन सक्ने गरि खानुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested