English

यी हुन् दाँत पहेंलो र कालो हुनुको कारण, कसरी बच्ने ?



दाँत खासगरी खानेकुरा चपाउनका लागि नभई नहुने अंग हो । तर, मानिसका लागि दाँतको उपयोगिता त्यति मात्र सिमित छैन । दाँतलाई सुन्दरताको प्रतिक समेत मानिन्छ । दाँतका विभिन्न समस्यामध्ये दाँतको रङ बदलिनु पनि एक हो । त्यसैले दाँत पहेँलो र कालो हुने समस्याबाट अधिकांश मानिसहरु हैरान छन् । आखिर के कारणले दाँत पहेँलो र कालो हुन्छ ? यसबाट कसरी बच्ने भन्ने बारे दन्त रोग विशेषज्ञ डा. निकिता खनालको सुझाव यस्तो छ :

कारण
– अधिक कफी तथा चियाको सेवनले पनि दाँत पहेँलो हुन्छ ।
– अम्लीय तरकारी, फलफूल र अन्य पेप्सी कोक जस्ता पेय पदार्थहरूको अत्याधिक सेवनले पनि दाँत पहेँलो तथा कालो हुन्छ ।
– धुम्रपानले ओठ मात्रै कालो पार्ने होइन दाँत पनि पहेँलो बनाइदिन्छ । अर्थात् जति बढी चुरोट सेवन गर्यो त्यति नै दाँत पहेँलो हुन्छ ।
– नेपाली भान्सामा प्रयोग हुने मसला बेसारहरुको कारणले पनि दाँत पहेँलो हुने गर्छ ।
– उमेर बढ्दै जाँदा दाँतको इनामेल खिइएर पनि दाँत पहेँलो हुने गर्छ ।

बच्ने उपाय
– दाँतमा दाग बस्ने खालका धूम्रपान, खैनी, गुट्खा, चिया, कफी आदिको सेवन त्याग्ने
– प्रत्येक पटक खाना खाँदा वा चिया, कफी खानेबित्तिकै मुख कुल्ला गर्ने ।
– दिनमा दुईपटक ब्रस गर्ने
– प्रत्येक ६–६ महिनामा दन्त चिकित्सककहाँ गएर दन्त परीक्षण गराउने ।
– बाहिरी दागहरु दन्त चिकित्सक कहाँ गएर समय–समयमा मेसिनले सफा (स्केलिङ) गर्ने ।
– पटक–पटक विभिन्न सञ्चार माध्यममा दाँत चम्काउने उपायहरु भन्दै भ्रामक विज्ञापन आउने गरेका छन् । त्यस्ता भ्रामक कुराको पछि नलागी आफ्नो दाँतको समस्या पत्ता लगाई सही उपचार पद्धति अपनाउनुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested