English

बालबालिकाहरुलाई होमवर्क गराउँदा यी कुरामा ध्यान दिनुहोस्



कोरोना महामारीपछि बालबालिकाहरु अभिभावकसँगै बस्ने मौका पाएका छन् । यो समय अभिभावकले आफ्नो बालबच्चाको पढाईलाई नजिकबाट नियाल्ने मौका पनि हो । बालबालिकाको पढाई कस्तो छ ? केमा कमजोर छ ? इत्यादि कुरा बुझ्ने अवसर पनि हो ।

बालबालिकालाई होमवर्क गराउन अभिभावकका लागि चुनौती नै हुन्छ । कार्टुन, गेम, टिभी जस्ता विद्युतिय माध्यमले बालबालिकाहरूलाई होमवर्क गराउन समस्या भएको अभिभावकका गुनासो सुनिन्छन् । होमवर्क गर्न ढिलाइ गर्ने बित्तिकै अभिभावकले बालबालिकालाई हप्काउन पनि थाल्छन् । तर बच्चालाई कसरी होमवर्क गराउन सकिन्छ भनेर छुनामुना मन्टेश्वरीको प्रिन्सीपल कमला ढकाल अधिकारीको यस्तो छ सुझाब :

–बालबालिकाको पढाईका लागि अभिभावकले उनीहरुलाई समय दिने ।
–पढ्न वा होमवर्क गर्न नमानेमा उनीहरुलाई पढेपछि यस्तो हुन्छ भनेर कथाहरु सुनाउने, उनीहरुको साथीले गरेको काम सुनाउने ।
–विद्यालयबाट होमवर्क नदिए पनि उनीहरूलाई कथा तथा कविताका किताब पढ्न सिकाउने ।
–कार्टुन, गेम, टिभीको लागि बच्चाको लागि समय छुट्याई दिने ।
–होमवर्क गर्न ढिलाइ गर्ने बित्तिकै बालबालिकालाई हप्काउन, पिछ्ने नगरी उनीहरुलाई माया गरेर गर्न लगाउने ।
–पढ्ने स्थानको उचित व्यवस्था मिलाइ दिने । यसो गरियो भने उनीहरू एकाग्र भएर पढ्न सक्छन् ।
–बालबालिकाहरुलाई अध्यापनको समयमा आफूलाई पनि पढाइमा व्यस्त राख्नुपर्छ ।
–बालबालिकालाई अध्यापन गराउँदा खाना बनाउने, गफ गर्ने, टिभी हेर्ने, फोनमा कुराकानी नगर्ने ।
–बालबालिकाहरु पढ्दा उनीहरुसँगै आफू पनि बस्ने , यसरी गर्दा उनीहरुले पूरा ध्यान पढाइमा लगाउँछन् ।



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested