English

तीजको दिन कसरी गर्ने पूजा ?



पं. नारायण खनाल

हरितालिका तीज महिलाहरुसँग सम्बन्धित छ । तीजको आफ्नै महत्व छ । धार्मिक कथनहरुलाई हेर्ने हो भने हिमालय पुत्री पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने पिता, माताको वचन पार्वतीलाई चित्त बुझेन । सानै उमेरदेखि शिवलाई पती पाउँ भन्ने दृढता पार्वतीमा थियो । सोहि कारण माता पार्वतीले शिवलाई मनले पति धारण गरिसकेकी थिइन् ।

उनी जंगलमा गएर कठोेर तपस्या गर्न थालिन् । एकसय वर्ष दिव्य तपस्या गर्दा पनि फल प्राप्त नभएपछि पार्वतीले शिवलिङ्ग स्थापना गरि तपस्यालाई थप उचाईमा पुर्याउन थालिन् । कठोर र एकाग्र चित्तले तप गरेको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनि आशिर्वाद दिए ।

त्यसो त पार्वतीले शिवलाई पति प्राप्त गर्न सफल भइन् भन्ने धार्मिक मान्यता छन् । विशेष संकल्प दृढता, एकाग्रता र निरन्तरताले नै सफलता प्राप्त गर्न सकिन्छ भन्ने दृष्टान्त बोकेको यस हरितालिका तीज पर्वको महत्व आफैमा विशिष्ट छ । पार्वतीले यो व्रत प्रारम्भ गरेको मुख्य दिन यहि भाद्र शुक्ल द्वितियाबाट हो । चार दिनसम्म चल्ने यस पर्वको आफ्नै विशेषता र महत्व छ ।

कसरी गर्ने पूजा ?

व्रतका दिनमा बिहान चाँडै उठेर नुहाइधुवाई गरी शुद्ध भई शिवलिङ्गको स्थापना गर्नुपर्छ । मठमन्दिरमा गएर पनि पूजा आराधना गर्न सकिन्छ । सर्वप्रथम कुश राखेर पुर्णपात्रो तयार गर्नुपर्छ त्यसपछि दियो, कलश र गणेशको पूजा गरिन्छ । भगवान शिवलाई जल, पञ्चामृत चढाएर चन्दन लगाइन्छ र वस्त्र लगाएर पूजा गरिन्छ । पूजा सामग्रीमा चन्दन, अक्षता, फूल, वस्त्र, अलङ्कार, बेलपत्र, भाङ धतुरो, पञ्चामृत, धुप बत्ती, नैवेद्य र दक्षिणा समावेस गर्नु पर्छ ।

आफ्ना नित्य कर्म सकेर दिनभरि जल अन्नग्रहण नगरी व्रत बसेर बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी कुनै शिवालय मठ मन्दिरमा वा आफ्नै घरमा भए पनि उमामहेश्वरको आराधना गर्ने विधि छ । व्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीलाई आफ्नो शक्तिअनुसारको दान दक्षिणा गर्ने चलन छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested