English

कम समयमै घर सफा गर्ने तरिका



सफा घर सबैलाई मन पर्छ, तर घरलाई कसरी सफा गर्ने भन्ने विषयमा बेग्ला बेग्लै तौरतरिका हुनसक्छ । घरलाई कम समय र कम मेहनत गरेर पनि सफा गर्न सकिन्छ ।

धुलोलाई पछि सफा गर्छु भनेर छोड्नु हुन्न

घर सफा गर्दा पहिले झाडु–पोँछा लगाउने अनि पछि धुलो झार्ने बानी धेरैको हुन्छ । तपाईँहरूलाई लाग्न सक्छ धुलो पुछ्ने थोरै काम त हो नि भनेर । यो काम कति पटक तपाईँले दोहोर्‍याएर गर्नु पर्ने हुन्छ । पहिले अरू सफाइ सकेर धुलो झार्दा त्यो धुलो फेरी सामानहरूमा टाँसिन सक्छ । त्यसैले पहिले धुलो पुछेर मात्र अरू सफाइ गर्नु राम्रो हुन्छ ।

एउटै कपडाले धेरै सामान सफा गर्नु हुँदैन

सफाइ गर्ने तालमेल नमिलेको कारण धेरैले एउटै कपडाले टेलिभिजन सफा गरेर सोही कपडाले टेबल तथा अन्य सामान सफा गर्छौ । यसो गर्दा एउटा सामानमा लागेको धुलो अरू सामानमा पनि लाग्छ । त्यसैले एउटै कपडाले धेरै सामान एकै पटक सफा गर्न हुँदैन ।

स्टिल सफा गर्ने तरीका

स्टिलको भाँडा होस् वा ग्याँस चुलो सबैलाई हामी घुमाएर सफा गर्छौ । यसरी घुमाएर सफा गर्दा दाग लाग्छ । स्टिललाई राम्ररी सफा गर्ने तरिका भनेको सिधा गरेर हो, घुमाएर हैन । यसरी सिधा पुछ्दा दाग बस्दैन ।

साना सामानहरू सफा गर्न बिर्सन हुँदैन

सफाइ गर्दा प्रायः हामी साना सामानहरू सफा गर्न बिर्सन्छौ जस्तै–बत्ती, रिमोट, कुर्सीको हात अड्याउने भागहरू । यिनीहरूलाई सफाइ गर्न बिर्सन हुन्न नत्र तपाईँले गर्नु भएको अरू सफाइ पनि व्यर्थ हुन्छ । त्यसैले साना सामानहरूलाई पहिले सफा गर्नुपर्छ ।

किचनको सफाइ गर्दा पहिले भुँइको होइन

किचनमा प्रायः हामी पहिले भुँइको सफाइ गर्छौ र पछि भाँडा माझ्छौ । यसो गर्दा पछि फेरि भुँइ फोहोर हुने सम्भावना हुन्छ । त्यसैले पहिले भाँडा तथा अन्य सफाइ सकेर मात्र अन्तिममा भुँइको सफाइ गर्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

Latest










Popular
Suggested