English

तीन जनालाई मात्रै थाहा थियो कर्णको रहस्य !



महाभारतमा कुन्ती पुत्र कर्णलाई अधिरथ र राधाले पालनपोषण गरेका थिए । गङ्गा नदीमा बगिरहेका बालकलाई उनीहरूले आफ्नो घर लगेका थिए । अधिरथकी श्रीमतीको नाम राधा थियो । उनले कर्णलाई आफ्नै पुत्रवत व्यवहार गरेर पालनपोषण गरेकी थिइन् ।

कर्णको कान निकै सुन्दर थियो, त्यसैले उनको नाम कर्ण राखिएको थियो । अधि रथ निःसन्तान थिए । अधिरथ र राधा एक सूत थिए । त्यसैले कर्णलाई पछि सूत पुत्र र राधे पुत्रका नामले बोलाउन थालियो ।

कर्णलाई आफ्नो वास्तविक आमा को हुन् भन्ने थाहा थिएन । तर उनले आफ्नो पिता भने सूर्यदेव रहेको थाहा पाइसकेका थिए ।

भीष्मलाई कर्ण, पाण्डवकै भाइ भएको थाहा थियो तर उनले कहिल्यै कर्णलाई यो सत्य पनि सुनाएनन् । यो कुरा भीष्मले मात्रै होइन, भगवान् श्रीकृष्णले पनि कर्णलाई भनेका थिएनन् । माता कुन्तीले पनि यो कुरा कर्णलाई भनेकी थिइनन् ।

जब कौरव र पाण्डवबिचमा युद्ध हुने निश्चित भयो तब, कुन्तीले यो कुरा कर्णलाई भनेकी थिइन्, साथै कृष्णले पनि पाण्डवका लागि पाँच गाउँ माग्न जाँदा कर्णलाई कुन्ती पुत्र भनेका थिए । कर्णले आफ्नी आमाको वचनले गर्दा अर्जुन बाहेक अन्य भाईहरुविरुद्ध शस्त्र नउठाउने प्रण गरेका थिए । जब कर्णको मृत्युपछि सबैले कर्ण कुन्ती पुत्र भएको थाहा पाए तब दुर्योधनसहित सबै जना अचम्मित बनेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested