नेपालीका छाला समस्या- यसरी बच्नुस्
छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव भनेकै छालामा देखिने गर्छ ।
छालामा देखा पर्ने कुनै पनि किसिमको समस्यालाई हेलचेक्र्याँई गर्न नहुने छाला रोग विशेषज्ञ एवं काठमाडौं मेडिकल कलेजकी प्राध्यापक डा. सबिना भट्टराई बताउँछिन् । नेपालमा देखा परेका विभिन्न रोगहरू मध्ये छालामा देखिने समस्या पाचौँ स्थानभित्र रहेको छ ।
डा. भट्टराईका अनुसार छालामा दुई किसिमका रोगहरू देखा पर्ने गर्छ । एउटा सरुवा र अर्को नसर्ने किसिमका । अहिले नेपालीहरूको छालामा देखिने मुख्य समस्या भनेको छालामा सुख्खापन हुने, एलर्जी, चिलाउने र छाला फाट्ने नै प्रमुख देखिएको छ ।
ब्याक्टेरियाको सङ्क्रमणले जाडो र गर्मी दुवै मौसममा ठेउला, दादुरा, जनै खटिरा जस्ता समस्याहरू देखा पर्ने गरेको छ । यस्तै गर्मी मौसममा भने छालामा दाद, शरीरको कापामा सङ्क्रमण, सेतो दुभी र कपालमा चायाँ पर्ने समस्या नेपालीहरूमा बढी देखिने गरेको छ ।
छालाको नसर्ने रोगहरूमा अनुहारमा चायाँ पोतो, डन्डिफोर, डाबर, चिलाउने दाद आदी रोगहरू रहेका छन् ।
प्रायः जसो छाला चिलाउने र छाला सम्बन्धी अन्य समस्याहरूलाई आममानिसहरुले सामान्य रूपमा लिने गरेका छन् । तर छालामा देखा पर्ने यस्ता किसिमका समस्यालाई हेलचेक्र्याईं गरियो भने यसले हाम्रो शरीरमा जटिल समस्या उत्पन्न गराउन सक्छ डा. भट्टराई भन्छिन् ।
छालामा देखा पर्ने मुख्य समस्याहरू
सुख्खापन
नेपालीहरूमा देखा पर्ने छाला सम्बन्धी समस्याहरूमा सुख्खापन हुनेको सङ्ख्या धेरै रहेको छ । छालामा सुख्खापन विभिन्न कारणले हुन्छ । यो शरीरमा भएको कुनै रोग वा लामो समयसम्म कडा साबुनको नियमित प्रयोगले गर्दा हुने गर्छ । यो समस्या वंशाणुगत पनि हुन सक्छ । उमेर ढल्किएसँगै पनि छालामा सुख्खा हुने समस्या देखिन सकिन्छ ।
एलर्जी
छालाको रोगसँग लड्ने क्षमता कम भएपछि एलर्जीको समस्या देखा पर्छ । यो समस्या हुँदा छाला रातो हुने, चिलाउने तथा दाग देखिनु छालामा एलर्जी भएको लक्षणहरू हुन् । कहिलेकाहीँ कीराहरूको टोकाइबाट पनि यस्तो किसिमको समस्या देखिन सक्छ ।
ब्याक्टेरियाको सङ्क्रमण
छालामा भाइरस, ब्याक्टेरिया र ढुसीको सङ्क्रमणले पनि रोग देखाउने गर्छ । यस्ता किसिमका जीवाणुको सङ्क्रमण भएमा छालामा लुतो पनि आउने गर्छ । घरपालुवा जनावरबाट पनि यो सङ्क्रमण सर्न सक्छ । छालाका रोगीसँग सम्पर्कमा आउँदा पनि यस्ता किसिमका रोगहरू सर्न सक्छ ।
डन्डिफोर तथा चायाँ पोतो
अनुहारमा देखिने विभिन्न समस्याहरू मध्ये डन्डिफोर तथा चायाँ पोतोको समस्या धेरैमा देखिन्छ । चिल्लो छाला, विभिन्न मेकअपका सामग्रीहरूको प्रयोग तथा घामको किरणले छालामा यस्ता किसिमका समस्याहरू देखा पार्छन् । यस्तो किसिमको समस्या आएमा छाला रोग विशेषज्ञहरूको सल्लाह अनुसार उपचार गर्नु राम्रो हुन्छ ।










Jeff
Whats upp are usinng Wordpres ffor yiur sitge platform? I'm new tto the blo wodld butt I'mtrying to gget stadted aand set upp myy own. Do yoou requife aany codin expertise tto maie youhr owwn blog? Anyy help woulld bbe really appreciated! xnxx My web-site - xnxx.com