English

अहिलेको साहित्य पुरस्कार र सेलिब्रेटी बन्ने दौडमा छ

‘साहित्य सन्ध्या पुरस्कार’ले कवि अनिता लामा पुरस्कृत भएकी छन् । साहित्य सन्ध्या परिवारले ४१९ औं विशेष श्रृङ्खलामा भर्चुअल कार्यक्रममार्फत शनिबार लामालाई २०७७ सालको ‘साहित्य सन्ध्या पुरस्कार’ले सम्मान गरेको हो ।

सानैदेखि साहित्यमा रुचि राख्ने लामा विद्यालय तहदेखि नै कविता लेख्थिन् । तर, २०५५ सालबाट मात्र व्यवस्थित गर्न थालेको उनले सुनाइन् । लामाले २०५८ सालमा ‘अनुराग’ कविता संग्रह, २०७१ मा ‘अर्पण’ कविता संग्रह र २०७४ मा ‘आतुङ’ कवितासंग्रह प्रकाशित गरेकी छिन् ।

प्रगतिशील साहित्य लेखनका कारण लामा पुरस्कृत भएकी हुन् । पुरस्कारले आफूलाई थप हौसलाका साथै भावुक बनाएको लामाले बताइन् । ‘पुरस्कृत भएपछि निकै भावुक भएँ,’ उनी भन्छिन्, ‘सानो–सानो विषयवस्तुमा लेख्छु जस्तै भुइँ मान्छे, उहाँहरु भुँइमै रहनु हुन्छ, जसको कथा कविता कसैले लेख्नु हुन्न ।’

यद्यपि, पुरस्कार पाउनकै लागि भनेर आफूले कहिल्यै कविता सिर्जना नगरेको लामाको भनाई छ । ‘एक्कासी म साहित्य सन्ध्याबाट पुरस्कृत भए भन्ने सुन्दा केहीबेर अचम्म लागेको थियो,’ उनले भनिन्, ‘सम्मान भएपछि मलाई नै किन पुरस्कार दिइयो भनेर प्रश्न समेत गरेकी थिएँ ।’

सानैदेखि साहित्यमा रुचि राख्ने लामा विद्यालय तहदेखि नै कविता लेख्थिन् । तर, २०५५ सालबाट मात्र व्यवस्थित गर्न थालेको उनले सुनाइन् । लामाले २०५८ सालमा ‘अनुराग’ कविता संग्रह, २०७१ मा ‘अर्पण’ कविता संग्रह र २०७४ मा ‘आतुङ’ कवितासंग्रह प्रकाशित गरेकी छिन् ।

दुईवटा कविता संग्रह ल्याउने तयारी रहेको उनले बताइन् । ‘कविता जति लेख्दै र डुब्दै गयो त्यति धेरै नै परिस्कृत हुनुपर्छ भन्ने चेत आउँदो रहेछ त्यसैले तीन दर्जन लेखेको कविता छनौट गरेर एक दर्जनमा संग्रहित गर्नुपर्छ,’ लामा भन्छिन्, ‘यसरी संग्रह प्रकाशन गर्न धेरै मेहनत गर्नुपर्छ, सम्भवतः यो वर्षको अन्त्यसम्म प्रकाशन हुन्छ ।’

नेपाली साहित्य पुरस्कार केन्द्रित र बजारमा सेलिब्रेटी बन्ने दौडको पछि लागेको उनको अनुभव छ । ‘पछिल्लो समय निस्किएका साहित्यमा समाजिक चित्रण पाउन गाह्रो भइसक्यो,’ उनले भनिन्, ‘साहित्यकारहरु पुरस्कार केन्द्रीत र सेलिब्रेटी बन्ने दौडमा लागेकाले वास्ताविक घटनाबारे नभई कल्पनाशील विषय बस्तुबारेमा लेखिएका सिर्जना बढी पाइन्छ ।’

उनका फुटकर कविता, लेख रचना र कथाहरू विभिन्न अनलाइनमा प्रकाशित हुँदै आएका छन् । जुन समाजले लेख्ने विषयहरू दिएको छ, त्यही समाजको जीवनशैली र समाजमा ल्याउने सकारात्मक पक्षको सवालमा नेपाली साहित्यमा नलेखिएकोमा उनको गुनासो छ ।

नेपाली साहित्य पुरस्कार केन्द्रित र बजारमा सेलिब्रेटी बन्ने दौडको पछि लागेको उनको अनुभव छ । ‘पछिल्लो समय निस्किएका साहित्यमा समाजिक चित्रण पाउन गाह्रो भइसक्यो,’ उनले भनिन्, ‘साहित्यकारहरु पुरस्कार केन्द्रीत र सेलिब्रेटी बन्ने दौडमा लागेकाले वास्ताविक घटनाबारे नभई कल्पनाशील विषय बस्तुबारेमा लेखिएका सिर्जना बढी पाइन्छ ।’

त्यसैले साहित्य बजार रमाइलो गर्न र जबरजस्ती सेलिब्रेटी बन्नेहरूका लागि मात्र भएको उनको आरोप छ । ‘तथ्यपरक, सत्यपरक देश समाज र हाम्रा लागि काम लाग्ने विषयवस्तुहरू रचनामा समावेश हुन सकेको छैन,’ लामा भन्छिन्, ‘सेलिब्रेसन गर्ने सेलिबे्रटीले धेरै लिड गरेको साहित्य बजारलाई हामीले चिर्न जरुरी छ ।’

यो पनि पढ्नुहोस्
‘एकल आमा’
एकल आमा–२
‘पाङ्ग्रा’
प्लीज पारमिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest

Popular
Suggested