English

कक्षा १२ का ८४४ विद्यार्थीले कोभिड खोप नपाउने, परीक्षा दिन पाउँछन् कि पाउँदैनन् ?



कक्षा १२ को परीक्षा कुरिरहेका विद्यार्थी मध्ये ८ सय ४४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाउन नपाउने भएका छन् । ती विद्यार्थीको १८ वर्ष उमेर नपुगेकाले खोप लगाउन नपाएको राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालयकी प्रमुख जयन्ती सत्यालले बताइन् ।

सरकारले प्रवेश पत्रका आधारमा कक्षा १२ का विद्यार्थीलाई ३ भदौबाट एस्ट्राजेनिका खोप लगाइरहेको छ । त्यसो त खोप नपाउने विद्यार्थीहरु परीक्षामा सामेल हुन पाउँछन् कि पाउँदैनन् भन्ने चिन्ता र चासो व्याप्त छ । उमेर नपुगेर, कुनै स्वास्थ्य समस्या भएर वा अन्य कारणले खोप लगाउन नपाएका विधार्थीहरुले पनि परीक्षा दिन पाउने व्यवस्था मिलाइने सत्यालले प्रष्ट पारिन् ।

‘धेरैले खोप लगाइसकेपछि संक्रमणको जोखिम कम हुन्छ,’ उनले भनिन्, ‘विद्यार्थीले आफ्नै विद्यालयबाट परीक्षा दिने भएकाले स्वास्थ्य मापदण्ड पनि लागू गराइन्छ ।’ यो वर्ष कक्षा १२ को परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सामेल हुँदै छन् । जसमध्ये काठमाडौं उपत्यकामै ३५ प्रतिशत छन् ।

सबै विधार्थीलाई खोपको व्यवस्था भएको खण्डमा दशैँ अगाडि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बारे छलफल भइरहेको सत्यालले जानकारी दिइन् । ‘त्यो बेलासम्म १८ वर्षभन्दा कम उमेरका विद्यार्थीका लागि पनि खोप आयो भने झनै राम्रो हुन्थ्यो,’ उनले भनिन्, ‘त्यो भएन भने पनि स्वास्थ्य मापदण्ड लागू गरेर दशैं अघि परीक्षा सक्छौं ।’

यतिबेला कोरोना महामारीका कारण विभिन्न तहका परीक्षा प्रभावित भएका छन् । अघिल्लो वर्ष पनि कोरोनाकै कारण एसईई, कक्षा ११, १२, स्नातक र स्नातकोत्तर तहका परीक्षा प्रभावित भएका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested