English

सुप बनाउन काटेर टुक्रा बनाइएको कोब्राले डसेपछि सेफको मृत्यु



जीवित सर्पले डसेर मानिस को मृत्यु भएको घटना त नेपालमा थुप्रै छन् । तर, मृत सर्पले टोकेर मृत्यु भएको घटना हामीले सायदै सुनेका छौं । दक्षिण चीनमा एउटा यस्तो घटना घटेको छ, जसले सबैलाई चकित बनाएको छ । त्यहाँ एक रेष्टुरेन्टका सेफले कोब्रा सर्पको सुप बनाउन कोब्राको टाउको काटेर छुट्टै राखेका थिए । सुप बनाएर २० मिनेटपछि त्यो टाउकोलाई फ्याँक्न खोज्दा उनलाई त्यस कोब्राको काटिएको टाउकोले डस्यो । जसकारण ती सेफको मृत्यु भयो ।

विषालु कोब्रा सर्पको मासुबाट बनेको सुप दक्षिण चीनमा धेरै प्रख्यात छ । यसलाई एक दुर्लभ व्यञ्जनमा गणना गरिन्छ । सेफ पेंग फेनले स्पिटिङ कोब्राको टाउको काटेपछि २० मिनेटमा सुप तयार पारे । त्यसपछि किचन सफा गर्नको लागि सर्पको काटिएको टाउकोलाई डस्टबिनमा फ्याक्न उठाउँदा उनलाई कोब्राले टोकेको हो ।

रेष्टुरेन्टमा आएका ४४ वर्षीय लिन सन भन्छन् ‘म यहाँ मेरी श्रीमतीको जन्मदिनको अवसरमा खाना खान आएको थिएँ । जब अचानक भान्छा भित्र हंगामा भयो । हामीलाई थाहा थिएन कि भित्र के भईरहेको थियो, तर भान्साबाट चिच्याएको आवाज सुनियो ।’

उनले भने, ‘केही समयपछि नै हामीलाई थाहा भयो सेफलाई सर्पले टोक्यो । रेष्टुरेन्टमा भागदौड मच्चियो ।’ हामीले डाक्टरलाई फोन गर्यौ । तर, डाक्टरको टीम आइपुग्दा सेफको मृत्यु भइसकेको थियो । यसप्रकारको घटना एकदमै नौलो भएको उनले बताए ।

विशेषज्ञहरु भन्छन् कि मारिएपछि पनि सर्पले एक घण्टाको लागि प्रतिक्रियाशील व्यवहार गर्न सक्छन् । सर्पको टाउको शरीरबाट अलग भए पनि जीवित रहन्छ । शरीरले काम गर्न छाड्छ । कोब्राको मुखबाट निस्कने थुक एकदमै विषालु हुन्छ । यसको असरले गर्दा आधा घन्टा भित्र मानिसको मृत्यु हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested