English

किन मनाइन्छ गाईजात्रा ? यस्तो छ कारण



प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको दिन गाईजात्रा मनाउने चलन छ । यो नेपाली समाजको एक महत्वपूर्ण साँस्कृतिक पर्व हो । जुन नेवार संस्कृतिबाट सुरू भएको थियो । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ ।

हिन्दु धर्ममा गाई पवित्र जनावर हो । हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठ्युँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ । मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइने गरिन्छ ।

ऐतिहासिक प्रमाणका अनुसार पुत्रशोकले विचलित भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ । यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा अझै पनि जारी छ ।

हिन्दु धर्ममा गाई पवित्र जनावर हो । हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठ्युँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ । मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइने गरिन्छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

गाई यस्तो जनावर हो जसले प्रकृतिसँग हामीलाई निकट सम्बन्ध बनाउन सहयोग गर्छ । उदाहरणको लागि सौर्यमण्डलबाट पृथ्विमा आउने विषाक्त विकिरणहरुलाई गाईको पिठ्युँमा भएको जुरोले आर्कषित गर्छ ।

गाई यस्तो जनावर हो जसले प्रकृतिसँग हामीलाई निकट सम्बन्ध बनाउन सहयोग गर्छ । उदाहरणको लागि सौर्यमण्डलबाट पृथ्विमा आउने विषाक्त विकिरणहरुलाई गाईको पिठ्युँमा भएको जुरोले आर्कषित गर्छ । र, गाईले त्यो विषाक्त किरणलाई परिवर्तन गरेर अमृतमय दूधको रुपमा दिने भएकोले गाईको मासु नखाने दूधमात्र खाने गरिन्छ । मृत्यु पश्चात जो भौतारिएको आत्मा छ, त्यसको भाषा बुझ्ने काम गाईको हुन्छ । त्यसैले गाईले आत्मालाई उसको परलोक जाने यात्रामा सहयोग गर्छ भन्ने मान्यता छ ।

दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ । यस पर्वका क्रममा सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाउने चलन छ ।

यो पनि पढ्नुहोस्
गाईजात्रा : पोखरामा प्रचलित तायामचाः को सांस्कृतिक महत्व
गाईजात्रा : थाकेको शरीरमा ऊर्जा भर्ने बागलुङको ‘लाखे नाच’
यस्तो छ भक्तपुरमा मनाइने ‘साँपारु’को महिमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र