English

बालबालिकाको स्मरण शक्ति बढाउन के गर्ने ?



मानिस शारीरिक र मानसिकरूपमा तन्दुरुस्त हुन अत्यन्तै आवश्यक हुन्छ । स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा सबैको हुन्छ तैपनि धेरैलाई यो समस्याले पिरोल्छ । विशेषगरी कतिपय बालबालिकाहरु पढाएको, भनेको, सम्झाएको कुरा राम्ररी बुझ्दैनन् भने कतिले चाडै बिर्सन्छन् । बच्चाहरुले पढेका, देखेका, सुनेका कुरा कति सम्झन सक्छन् भने कति बिर्सन सक्छन् ।

यदि तपाईको बालबालिकामा पनि स्मरण शक्तिमा समस्या छ ? त्यस्तो छ भने बालबालिकाको स्मरण शक्ति बढाउन के के कुरामा ध्यान दिने भन्ने विषयमा मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नाको सुझाव यस्तो छ :

– अहिले धेरै बालबालिकाहरु मोबाइल तथा ल्यापटपमा व्यस्त हुन्छन् । जसले बालबालिकाको रचनात्मक क्षमतालाई घटाइरहेको छ । त्यसैले बालबालिकालाई मोवाइल ल्यापटपमा धेरै व्यस्त गराउनुभन्दा रचनात्मक कार्यमा लगाउनुपर्छ । जस्तै ः उनीहरुसँग खेलौना छैन भने आफैँ खेलौना बनाउने र खेल्ने गर्दा उनीहरुको स्मरण शक्तिमा स्फूर्ति आउँछ ।

– विद्यालयका शिक्षकहरुले के पढाउने र कसरी पढाउने तथा कसरी पढाउँदा बालबालिकाले ती कुरा स्मरण गर्न सक्छन् भन्ने किसिमले पढाएको खण्डमा पनि उनीहरुले पढेका धेरै कुरा स्मरण गर्न सक्दछन् ।

– बालबालिकालाई रुचि भएको विषयमा उनीहरुलाई संलग्न गराउन सकियो भने पनि उनीहरुले त्यसलाई ध्यानपूर्वक याद गर्छन् । साथै, स्मरण शक्ती बढ्न सक्छ ।

– व्यायाम तथा ध्यानको अभ्यासले हाम्रो शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्छ । त्यसैले बालबालिकालाई ध्यान गर्ने बानी बसाउन सकियो वा स्मरण शक्ती बढाउने खेलहरु जस्तैः चेस, शब्दकोश खेलाउन सकियो भने उनीहरुको स्मरण शक्ती बढ्छ ।

– बालबालिकाले पर्याप्त मात्रामा निन्द्रा नपाउँदा पनि उनीहरुको स्मरण शक्ती घट्छ । बालबालिकाको उमेरअनुसार पर्याप्त मात्रामा निन्द्रा पुग्यो भने उनीहरुको मन र शरीर दुवै तन्दुरुस्त हुन्छ जसले गर्दा स्मरण शक्ती बढ्छ ।

– स्मरण शक्ती वृद्धि गर्ने विषयमा हाँसोको पनि महत्वपूर्ण भूमिका हुन्छ । यदि बालबालिकाहरु प्रयाप्त मात्रामा हाँसे रमाए भने उनीहरुको ब्रेन रिवार्ड सिस्टम सक्रिय हुन्छ । जसले तनाव कम हुन्छ र ताजापन महसुस गर्छन् । त्यस्तो बेला गरेको कार्यहरु उनीहरुले लामो समयसम्म याद गर्न सक्छन् ।

– खानपानले पनि स्मरण शक्ति बढाउन महत्वपूर्ण भुमिका खेल्छ । जंक फुडको सेवनले बालबालीकाको स्मरण शक्तीमा असर गर्न सक्छ । त्यसैले उनीहरुलाई सन्तुलित आहार जस्तै ः प्रयाप्त मात्रामा तरकारी, फलफुल, माछामासु, दूध दही र बदाम आदि खान दिनुपर्छ ।

– उमेरअनुसार बालबालिकाको सिक्ने क्षमता छुट्टा–छुट्टै हुन्छ । त्यसैले अभिभावकहरुले बाल मनोविज्ञानलाई बुझेर उनीहरुको क्षमता र रुचि अनुसारको कुरा सिकाउनु पर्छ ।

– हामीले बालबालिकाको भावना शेयर गर्ने मौका दिएका हुँदैनौ । त्यसैले उनीहरुसँग कुराकानी गर्ने, निर्णय कसरी लिने, प्रतिक्रिया कसरी जनाउने जस्ता कुराहरु सिकाउनु पर्छ । यसले पनि उनीहरुको स्मरण क्षमता वृद्धि गर्न मद्धत गर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested