English

कोरोना अपडेटः एकैदिन ३२६० मा कोरोना, २२९४ जना निको



नेपालमा थप ३ हजार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ६२ वटा नमुना परीक्षण गरिएको मध्ये ३ हजार २ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, २ हजार २ सय ९४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण १० हजार २ सय १२ जनाले ज्यान गुमाएका छन् ।

देशभर ३८ हजार १ सय ८० सक्रिय संक्रमित रहेका छन् । जसमध्ये, ७ सय ३७ जनाको आईसीयु र १ सय ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ३ हजार ३ सय ४२ जना संस्थागत आइसोलेसनमा छन् भने ३४ हजार ८ सय ३८ होम आइसोलेसनमा छन् ।

यो पनि पढ्नुहोस् ।
एकैदिन ३४८१ मा कोरोना, १८८५ जना निको
नेपालमा कोरोनाको तेस्रो लहर आउने आशंका ! के छ सरकारको तयारी ?
असोजसम्म थप १ करोड ५ लाख खोप आउने, असोजमै कोरोनाको तेस्रो लहर फैलिन सक्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested