English

मोडल भिलेज : घरघरमा बाख्रा, दैलोदैलोमा तरकारी



पोखराको उत्तरपूर्वी भेगस्थित काहुँखोलाबाट ५–६ किलोमिटरको दूरीमा रहेको गाउँ हो– ठूलास्वाँरा । कास्कीको मादी गाउँपालिका–५ स्थित यो गाउँलाई आजभन्दा ११ वर्षअघि लायन्स क्लब अफ पोखरा फिस्टेलले नमूना उद्यमी गाउँ ‘मोडल भिलेज’ घोषणा गरेको थियो । लायन्स फिस्टेल भिलेजको रूपमा स्थापित गरी यस गाउँमा लायन्सका तर्फबाट प्रत्येक वर्ष विविध कार्यक्रम गरिँदै आएको छ । लायन्सकै प्रेरणाले आज ठूलास्वाँरा उद्यमी गाउँका रुपमा विकास हुँदै गएको छ ।

विगतमा समाजमा बोल्न लजाउने सर्वसाधारण अहिले भने हाक्काहाक्की आफ्ना कुरा राख्ने र समाजको नेतृत्व गर्न सक्ने भएका छन् । ११ वर्षअघि यहाँका ६० घर परिवारलाई लक्षित गरी प्रत्येकको आयआर्जनमा वृद्वि गर्नुका साथै व्यावसायिक दक्षता अभिवृद्वि तथा रोजगारीमूलक कार्यतर्फ लायन्सले अभिप्रेरित गरेको थियो ।

तीन वर्षमा फिर्ता गर्ने गरी वितरण गरिएका बाख्रा तथा त्यससँगै वितरण गरिएको फलफूलका बिरुवा र डाले घाँसका कारण अन्तत यहाँका स्थानीयवासीमा उद्यमशीलता वृद्धि भई अहिले घरघरमा बाख्रा तथा दैलोदैलोमा तरकारी सम्भव भएको छ ।

क्लबको सक्रियतामा विभिन्न गÞैरसरकारी सङ्घ संस्थाको सहकार्यमा यहाँका स्थानीयवासीलाई विभिन्न सीपमूलक तालिम प्रदान गरिँदै आएको छ । क्लबका पूर्व अध्यक्ष तीर्थलाल श्रेष्ठका अनुसार सन् २०१० मा ठूलास्वाँरामा रहेका ६० घरपरिवारलाई प्रतिपरिवार दुई÷दुई वटा बाख्रा तीन वर्षमा फिर्ता गर्ने गरी वितरण गरिएको थियो । बाख्रासँगै फलफूलका बिरुवा, डाँले घाँस, तरकारीको बिउबिजन, प्रत्येक घरलाई एक÷एक डस्बिन, सोलर लाइटलगायत वितरण गरिएको थियो ।

तीन वर्षमा फिर्ता गर्ने गरी वितरण गरिएका बाख्रा तथा त्यससँगै वितरण गरिएको फलफूलका बिरुवा र डाले घाँसका कारण अन्तत यहाँका स्थानीयवासीमा उद्यमशीलता वृद्धि भई अहिले घरघरमा बाख्रा तथा दैलोदैलोमा तरकारी सम्भव भएको छ ।

लायन्सका प्रत्येक वर्ष हुने गरेका गतिविधिका कारण पछिल्लो समयमा यहाँका स्थानीयवासीमा जागरुकता वृद्धि हुनुका साथै व्यक्तित्व विकासमा पनि टेवा पुगेको स्थानीयवासीको अनुभव छ । लायन्सका तर्फबाट ठूलास्वाँरालाई लायन्स भिलेज छनोट गरी आयआर्जनका कामतर्फ अभिप्रेरित गर्दा दिनानुदिन यो गाउँ नमूना बन्दै गएको मादी गाउँपालिका–५ का वडाध्यक्ष रतनबहादुर गुरुङले बताए । समाज परिवर्तनमा लायन्सले खेलेको भूमिका प्रशंसायोग्य भएको उनको भनाइ छ । यस क्षेत्रको विकासका लागि स्थानीय तहका तर्फबाट आफूहरूको सक्दो सहयोग हुने उनी बताउँछन् ।

क्लबले ठूलास्वाँरास्थित श्री विद्याज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विगत ११ वषदेखि प्रत्येक वर्ष स्टेशनरी, विद्यालय पोशाक, खेलकूद सामग्रीका साथै विद्यालय भवन निर्माण, फÞर्निचर, कम्प्युटर, यूरोगार्डलगायतमा सहयोग गर्दै आएको क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्टका सिनियर एडभाइजर बाबुराम गिरीले बताए ।

समुदायमा दीगो रोजगारीको अवसर र समान आर्थिक पहुँच पु¥याउने दीर्घकालीन लक्ष्य लायन्सले राखिएको लायन्स मोडेल भिलेज कास्कीका संयोजक टीकाराम सापकोटाले बताए । यसका लागि स्थानीय जागरुकता पनि उत्तिकै आवश्यक भएको उनको भनाइ छ ।

यसवर्ष पनि फिस्टेलले विद्यालयमा स्टेशनरी, खेलकूद सामग्री, बाल्टी, विभिन्न जातका फलफूलका बिरुवा आदि वितरण गरेको क्लबका अध्यक्ष पदमबहादुर केसीले जानकारी दिए । लायन्सको सहयोगमा गाउँमा उद्यमशीलताको विकाससँगै केही गर्नुपर्छ भन्ने भावना बढेर गएको स्थानीय समाजसेवी ठूलास्वाँरा सामूदायिक होमस्टेका अध्यक्ष कृष्ण गुरुङले बताए । ‘एघार वर्षअघि क्लबका तर्फबाट बाख्रा, डालेघाँस आदि वितरण गरेसँगै यसतर्फ यहाँका सर्वसाधारण आकर्षित बनेका छन्”, उनले भने, ‘अहिले अधिकांश घरमा बाख्रापालन गरिनुका साथै घरघरमा तरकारी तथा फलफूल लगाउने क्रमले तीव्रता पाएको छ ।’

स्थानीयवासीमा व्यवसायिकताको विकाससँगै अघिल्लो वर्षदेखि घरवास कार्यक्रम पनि सञ्चालनमा ल्याइएको बताउँदै उहाँले कृषितर्फको आकर्षणलाई अझै बढाउन राज्यका तर्फबाट आधुनिक कृषि तालीमका साथै कृषिजन्य उपकरण आदिमा अनुदान दिनुपर्ने आवश्यकता औंल्याए । होमस्टेमा आउने पर्यटकले यहाँको प्राचीन संस्कार संस्कृतिको अनुभव गर्नुका साथै प्राङ्गारिक उत्पादनको स्वाद चाख्न पाउने र पोखरासहितका रमणीय दृश्य एकसाथ अवलोकन गर्न पाउने उनले बताए ।

समुदायमा दीगो रोजगारीको अवसर र समान आर्थिक पहुँच पु¥याउने दीर्घकालीन लक्ष्य लायन्सले राखिएको लायन्स मोडेल भिलेज कास्कीका संयोजक टीकाराम सापकोटाले बताए । यसका लागि स्थानीय जागरुकता पनि उत्तिकै आवश्यक भएको उनको भनाइ छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested