English

‘एकल आमा’



अनिता लामा

नकी आमा असाध्यै सुन्दर छिन् । अधबैंसे उमेरमा पनि आमाको छरितो सलक्क शरीर, तेजस्वी अनुहार देखेर हैरान नहुने मान्छे कमै छन् । आमा छोरी सँगै भएको बेला सबैले दिदीबहिनी भन्छन् । जब आमा–छोरी भएको भेउ पाउँछ, मानिसहरू आमाकै सौन्दर्यताको कुरो उठाइहाल्छन् । आमाको यही सौन्दर्यताले सबैभन्दा बढी कोही मोहित छिन् भने उनकै छोरी छन् । आमाको पिँडौला यस्तो, हाइट यस्तो, कम्मर झन् कति आशक्त, आँखाको त कुरै नगरौं, नाक कति सुलुत्त, कपाल नेचुरल्ली सधैं कति राम्रो वाह वाह !

उनले एकपटक भन्दा बढी कहिल्यै पनि सोधिनन् किन आमाले एकल जीवन व्यतित गर्नुपर्यो भनेर । एकपटक सोधेको बेलामा उनको बुबाले छाडिदिएको भन्ने मात्रै जानकारी पाइन् । आमाले उनको बाबुले किन छाडे भनेर कहिल्यै भनेकी थिइनन् ।

छोरीको वाहवाहीमा आमा यसै पनि दङ्ग थिइन् तर, कहिल्यै कुनै प्रतिक्रिया व्यक्त गर्दिन थिइन् । छोरी खुलेर आमाको सौन्दर्यता मात्र होइन, आमाले सम्हालिरहेको भान्साको सबै व्यवहारको गुण गाउँथिन् । ओछ्यानमा आमासँग खेल्ने, गुनगुनाउने र रमाइलो कुराहरु सेयर गर्ने कुरामा निकै रमाउँथिन् ।

आफ्ना कुराहरू राख्ने, अपेक्षाहरु व्यक्त गर्ने र ति सबै पूरा गरिदिएकोमा आमाप्रति कृतज्ञ हुँदै प्रेम पस्किन्थिन् । उनले एकपटक भन्दा बढी कहिल्यै पनि सोधिनन् किन आमाले एकल जीवन व्यतित गर्नुपर्यो भनेर । एकपटक सोधेको बेलामा उनको बुबाले छाडिदिएको भन्ने मात्रै जानकारी पाइन् । आमाले उनको बाबुले किन छाडे भनेर कहिल्यै भनेकी थिइनन् । एकदिन उनले आमालाई बोलाइन् र भनिन् :–

आमा तपाई असाध्यै सुन्दरी हुनुहुन्छ, यो दुनियाँले सुन्दर र कुरुप चिज पहिले देख्दोरहेछ, तपाईको सौन्दर्यता सबैले पहिला देख्यो । अनि देखेको चिजको पहिले विश्लेषण ग¥यो कि तपाई असाध्यै सुन्दर हुनुहुन्छ । आमा तपाई हरेक निर्णयमा एकदम शक्तिशाली हुनुहुन्छ,, त्यसैले एकल जीवनलाई निराशाले होइन, प्रेमले उठाउने निर्णय लिनुभयो ।

आमा तपाई सीप र व्यवसायलाई जोड्ने सफल सूत्र हुनुहुन्छ, त्यसैले तपाईले गर्ने मोडलिङ र अभिनय, भान्साको अचार मोल्ने काम, मसला पिस्ने र कपडा सिलाउने कामलाई अहिले पनि सूत्रवद्ध सीपमा आफूजस्तै आमाहरुलाई लगाइरहनुभएको छ । आमा तपाई महाज्ञानी हुनुहुन्छ,, आफ्नो सीप, सामथ्र्य र संघर्षले जसरी जिउनुभएको थियो ति सबै सीपहरुसँग मेरो बुबा अर्थात् तपाईको प्रेमी तपाईको लोग्ने भएपछि सहमत हुनसक्नुभएन ।

आमा मलाई थाहा छ, मेरो भविष्यको चिन्ताले तपाईको मुहारलाई हरदम छोपिरहन्छ र त खुलस्त हाँस्नुहुन्न । म आफ्नो भविष्य खोज्दै हिँड्दिन आमा । यो समाजले हेर्ने, देख्ने खोज्ने भविष्य भनेको मेरो लोग्ने हो । त्यसैले पीर नगर्नुस् आमा म तपाई जस्तै एकल हुन मनग्य योग्य छु ।

तपाईको बाटुलो कम्मर, सुडौल शरीरभरि उहाँको दाँत, ओठ मात्रै धसिरहनु पर्दथ्यो, तपाईको सुनौलो केशमा उहाँको हातको सुम्सुम्याई वा क्रोधको जङ्ग मात्रै चल्नुपर्दथ्यो । तपाईको मुस्कान उहाँको मदिरा, चुरोट र चकलेटमा उड्नपर्दथ्यो, दलिनुपर्दथ्यो । तपाईको क्रोध कुनै पनि ज्ञानेन्द्रीयहरुबाट बाहिर आउनै दिएनन् । तपाईको असीमित समर्पित प्रेमलाई पूर्ण सत्तामा आउनै निषेध गरिदिए । तपाईमाथिको यही निषेध र दलन तपाईको महाज्ञानमा रूपान्तरित भयो आमा ।

तपाई एउटा क्रान्ति हो आमा, यो समाजको नियम, उपनियम र अन्धविश्वासहरूसँगै आफ्नो एकदशकको प्रेमका लागि गर्नुभएको सबै योगदानहरुलाई कुल्चनुभएको छ, मिल्काउनुभएको छ । आमा मलाई थाहा छ, मेरो भविष्यको चिन्ताले तपाईको मुहारलाई हरदम छोपिरहन्छ र त खुलस्त हाँस्नुहुन्न । म आफ्नो भविष्य खोज्दै हिँड्दिन आमा । यो समाजले हेर्ने, देख्ने खोज्ने भविष्य भनेको मेरो लोग्ने हो । त्यसैले पीर नगर्नुस् आमा म तपाई जस्तै एकल हुन मनग्य योग्य छु ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested