English

यसरी गर्नुस बोलेरै नेपालीमा टाईप



आज हामी हाम्रो कम्प्युटर अथवा ल्यापटपमा कुनैपनि सफ्टवेयर या एपको प्रयोग नगरी भ्वाइस अथवा बोल्दै नेपालीमा कसरी टाईपगर्ने भन्ने कुराको जानकारी गराउदैं छौं ।
यसकोलागि सबैभन्दा पहिले तपाईंले आफ्नो कम्प्युटर अथवा ल्यापटपमा गूगल क्रोम (Google Chrome) डाउनलोड गर्नुपर्ने हुन्छ । यदि तपाईंको कम्प्युटरमा google chrome छैन भने तपाईंले google बाट गूगल क्रोम डाउनलोड गर्न सक्नुहुन । यदि तपाइँले गूगल क्रोम डाउनलोड गर्न सक्नु भएन भने तपाईंले google.com/chrome मा गएर गूगल क्रोम डाउनलोड गर्न सक्नुहुन्छ ।

अब, google chrome open गरेर त्यसको address bar मा docs.google.com टाइपगरि इन्टर गर्नुहोस् । त्यसपछी तपाईंले निम्न स्क्रिन देख्नु हुनेछ ।

यसपछि Blank मा क्लिक गर्नुपर्ने हुन्छ । Blank मा क्लिक गरि सकेपछि हामीले अर्को option देख्नेछौ जसमा हामीले toolsमा गएर click गर्नुपर्ने हुन्छ । Tools मा क्लिक गरिसकेपछि हामीले voice typing भन्ने अप्सन देख्नेछौं ।
Voice typing मा क्लिक गरिसकेपछि हामीले एउटा बक्स देख्नेछौं जसमा English(UK) लेखिएको देख्नेछौं । अब त्यसको drop-down menu मा क्लिक गरेर नेपाली भाषा रोज्नुपर्ने हुन्छ । यति गरिसकेपछि अब हामीले जे बोल्छौ ती सबै बोलेका कुराहरु नेपालीमा टाईप हुँदैजान्छ । कृपया नोट गर्नुहोला ( स्पष्ट रुपमा लेख्नका लागि तपाईंले राम्रो क्वालिटीको माइक्रोफोनको प्रयोग गर्दा उपयुक्त हुन्छ । यसरी यो तरिकाले टाइप गर्दा तपाईंको समयको बचत हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested