English

यस्ता हुन्छन् मधुमेहका लक्षण, कसरी बच्ने ?



बदलिँदो जीवनशैली, तनाव र गलत खानपानको कारण नेपालमा मधुमेहकाल बिरामी बढ्दो छन् । यसले एकपकट आक्रमण गरेपछि जीवनभर दुःख दिइरहन्छ । यसको नराम्रो पक्ष अन्य रोगको पनि शिकार बनाउने हो । मधुमेह रोगले आँखा, मुर्गौला र कलेजोमा हानी पुर्याउन सक्छ । मधुमेहको समस्या बढ्नुको कारण के हो ? यसका लक्षणहरु के के हुन् ? कसरी बच्न सकिन्छ ? भन्ने विषयमा थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा. मधु पाण्डेको सुझाव यस्तो छ :

मधुमेह भनेको के हो ?

मानिसको शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई मधुमेह भनिन्छ । बोलिचालीको भाषामा यसलाई सुगर पनि भनिन्छ । शरीरमा इन्सुलिनको कमी तथा इन्सुलिनको अल्छीपनका कारण मधुमेह हुन्छ । रगतमा चिनीको मात्रा बढी भएपछि लगातार पिसाब लाग्नुका साथै तिर्खा र भोक पनि बढी लाग्छ । समयमै उपचार नगरे यसले जटिलता उत्पन्न गराउन सक्छ ।

छोटो अवधिका लागि देखिने कडा खालका जटिलता डाइबिटिज केटोएसिडोसिस एवं नन्केटोटिक हाइपरोस्मोलार कोमा हुन् भने लामो समयसम्म रहने जटिलतामा मुटु तथा रक्त नलीका रोग (कार्डियो भास्कुलर डिजिज), स्ट्रोक, मिर्गौलामा खराबी, खुट्टामा अल्सर तथा आँखामा सिर्जना हुने खराबी आदि प्रमुख छन् । रगतमा चिनीको मात्रा बढी हुने अवस्थालाई हाइपोग्लाइसिमिया भनिन्छ ।

मधुमेह प्यांक्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसके वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषले राम्रोसँग प्रतिक्रिया जनाउन नसके उत्पन्न हुने समस्या हो । मधुमेह प्रोग्रेसिभ तथा क्रोनिक रोग हो ।

लक्षण

– भोक लागिरहने
– पकट–पटक पिसाब लाग्ने
– शरीर कमजोर हुने
– बढी तिर्खा लाग्ने
– पिसाब नली तथा योनांगमा संक्रमण हुने
– हातखुट्टा झम्झमाउने
– यौन शक्तिमा कमी आउने
– घाउ–खटिरा आउने तर छिटो निको नहुने ।
– दृष्टि धमिलो हुने ।
– ५० प्रशितलाई भने कुनै लक्षण नै देखा नपरी मधुमेह हुनसक्छ ।

बच्ने उपाय

– शरीरको तौल सन्तुलित राख्ने
– चिनीजन्य परिकार कम खाने
– चिल्लो कम खाने, चाहिने भन्दा बढी खाना नखाने
– धेरै गुलिया फलफूल कम खाने
– पेय पदार्थ नखाने
– फ्राइ तथा पोलेका परिकार कम खाने
– धुम्रपान–मद्यपान नगर्ने
– नियमित व्यायाम गर्ने
– नियमित उपचार गराउनुपर्छ ।
– तनाव नलिने ।
– रक्तचाप नियन्त्रणमा राख्ने, साथै खुट्टाको पनि हेरविचार गर्नुपर्छ ।
– मधुमेह भैसकेकाहरूले १–१ महिनाको फरकमा फास्टिङ र पीपी चेक गराउनुपर्छ । इन्सुलिन लिइरहेकाहरूले भने २–३ दिनमा घरमै ग्लुकोमिटरमा सुगर जँचाउनु उपयुक्त हुन्छ ।
– तीन महिनाको फरकमा एचबीए वान सी चेक गराउनुपर्छ । ६–६ महिनाको फरकमा मिर्गौला तथा कोलस्ट्रोल जाँच गराउनुपर्छ ।
– प्रत्येक वर्ष आँखा तथा मुटु जाँच गराउनुपर्छ ।
– मधुमेह भैसकेकाहरूले औषधि सेवन नियमित रूपमा गर्नुपर्छ । औषधिले नभ्याए चिकित्सकको सल्लाहमा इन्सुलिन पनि लगाउनुपर्ने हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested